ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज नेपाल र युएई भिड्दै


admin
१५ फाल्गुन २०७४, मंगलबार   ३ : १४   बजे

काठमाडौँ, १५ फागुन । आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा नेपालले आज युएईसंग प्रतिस्पर्धा गर्दैछ ।

जिम्बावेमा हुने खेलामा नामिबियामा केही दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत विजेता बन्दै संयुक्त अरब इमिरेट्स (युएई) र दोश्रो स्थानमा रहेको नेपाल, विश्वकप छनौट खेल्न लागेका हुन् । दुई साताको फरकमा नेपालले युएईसग तेस्रो पटक खेल्न लागेको छ ।

नामिबियामा भएको डिभिजन २ को खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले हारेको थियो । फाइनलमा नेपालको जितमा कप्तान पारस खड्काले सतक प्रहार गरेका थिए ।

जिम्बाबेमा मार्च ४ देखि हुने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिम विश्वकप खेल्न पाउनेछन । प्रतियोगिताबाट उत्कृष्ट ३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ ।

नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसंगै रहेको छ । नेपालले पहिलो खेल फागुन २० गते आइतबार घरेलु टोली जिम्बावे विरुद्द खेल्दै छ ।

यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले फागुन २४ मा स्कटल्याण्डको सामना गर्नेछ । लिग चरणका अन्तिम दुई खेलमा नेपालले फागुन २६ मा अफगानिस्तान र फागुन २८ मा हङकङको सामना गर्नेछ । दोश्रो अभ्यास खेलमा फागुन १७ गते बिहीबार नेपालले हङकङको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group