ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओबामा दम्पतीले पनि गरे कमला ह्यारिसलाई समर्थन


एबीसी न्यूज
११ श्रावण २०८१, शुक्रबार   ३ : ४८   बजे

काठमाडौं ११ साउन । पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्।

राष्ट्रपति जो बाइडेनलगायत सो पार्टीका प्रभावशाली हस्तीहरूले ह्यारिसलाई समर्थन गर्दा अहिलेसम्म ओबामाले मुख खोलेका थिएनन्।

पत्नी मिसेलका साथ संयुक्त वक्तव्य जारी गर्दै ओबामाले ‘यो महत्त्वपूर्ण क्षणले माग गर्ने भिजन, चरित्र र शक्ति ह्यारिससँग भएको’ उल्लेख गरेका छन्।

बाइडेनले गत आइतबार राष्ट्रपतिको प्रतिस्पर्धा त्यागेका थिए। त्यसयता ह्यारिसले पार्टीका एक सयभन्दा धेरै नेताहरूसँग छलफल गरेको र समर्थन मागेको बताइएको छ।

तर, त्यतिबेला ओबामाले प्रतिस्पर्धा छाडेकोमा बाइडेनको प्रशंसा गरे पनि ह्यारिसलाई समर्थन जनाएका थिएनन्। त्यसैले गर्दा यसबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो।

तर, शुक्रबार ओबामा दम्पतीले ह्यारिसलाई समर्थन गर्दै उनलाई जिताउन सकेसम्म सबैथोक गर्ने वाचा गरेका छन्।

उनीहरूले ह्यारिसलाई समर्थन गर्दै फोन गरेको भिडिओ क्लिप पनि सार्वजनिक गरेका छन्।

उसो त पार्टीको उम्मेदवार बन्न आवश्यक बहुमत प्रतिनिधिहरूको समर्थन ह्यारिसले जुटाइसकेकी छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu