ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ४ : ३५   बजे

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि सर्वोच्च अदालतको आदेशअनुसार इस्लामावादस्थित निजी शिफा इन्टरनेसनल अस्पताल लगिएको छ।

जेलमा रहेका ७३ वर्षीय खानलाई कडा सुरक्षा व्यवस्थाबीच शुक्रबार बिहान अदियाला जेलबाट अस्पताल लगिएको हो। उनी कति समय अस्पतालमा रहनेछन् भन्नेबारे भने स्पष्ट भइसकेको छैन।

न्यायाधीश शाहिद वहीदको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मंगलबार खानलाई विभिन्न विशेषज्ञ चिकित्सक सम्मिलित मेडिकल बोर्डको निगरानीमा उपचार गराउन सरकारलाई आदेश दिएको थियो। पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले खानको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै अस्पताल भर्नाको माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो।

पीटीआईले विज्ञप्तिमार्फत इमरान खानलाई अदियाला जेलबाट शिफा इन्टरनेसनल अस्पतालमा सारिएको जानकारी दिएको छ।

सरकारको पुनरावलोकन निवेदन अस्वीकृत

सरकारले सर्वोच्च अदालतको आदेश पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको थियो। तर, आवश्यक कागजात अपूर्ण रहेको भन्दै सर्वोच्च अदालतको रजिस्ट्रार कार्यालयले उक्त निवेदन फिर्ता गरिदिएको छ।

सरकारले खानलाई उनले रोजेको निजी अस्पतालमा उपचार गर्न अनुमति दिनु विभेदपूर्ण हुने तर्क गरेको थियो। डनका अनुसार रजिस्ट्रार कार्यालयले उठाएका आपत्तिविरुद्ध सरकारले केही संशोधनसहित नयाँ निवेदन दायर गर्न सक्ने सम्भावना छ।

स्वास्थ्य अवस्थाप्रति लामो समयदेखि चिन्ता

पीटीआई र खानका कानुनी प्रतिनिधिहरूले यस वर्षको फेब्रुअरीदेखि नै उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। पीटीआईले एक समय खानको दायाँ आँखाको दृष्टि १५ प्रतिशतमा सीमित भएको दाबी गरेको थियो।

त्यसपछि उनलाई इस्लामावादस्थित सरकारी पिम्स अस्पतालमा पटक–पटक छोटो समयका लागि लगिएको थियो।

यसै वर्षको सुरुवातमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफलाई १४ जना पूर्वअन्तर्राष्ट्रिय क्रिकेट कप्तानले खुला पत्र लेख्दै खानको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। उनीहरूले खानलाई सम्मानजनक व्यवहार र आधारभूत मानवीय संवेदनासहित उपचारको व्यवस्था गर्न आग्रह गरेका थिए। पत्रमा ग्रेग च्यापेल, सुनील गावस्कर र कपिल देवसहितका पूर्वकप्तान सहभागी थिए।

२०२३ देखि जेलमा

इमरान खान सन् २०२३ को अगस्टदेखि रावलपिन्डीस्थित अदियाला जेलमा छन्। उनीमाथि भ्रष्टाचारलगायत विभिन्न आरोपमा सजाय सुनाइएको छ। खान र उनको पार्टीले भने आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा सर्वोच्चमा

पारिवारिक भ्रमणका लागि पोखरा पुगे प्रधानमन्त्री बालेन

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu