ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा सर्वोच्चमा


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ४ : ५५   बजे

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

देउवाले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले रिट प्राप्त भएको तर अध्ययनकै क्रममा रहेकाले दर्ता भइनसकेको जानकारी दिए।

रिटमा कांग्रेसको १५औँ महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया रोक्न माग गरिएको बताइएको छ।

देउवा पक्षले नेपाली कांग्रेसको आधिकारिकता गगन थापालाई दिने फैसलामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने दाबी गरेको छ।

पूर्वसभापति देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व आधिकारिक नभएको र आफूहरूकै नेतृत्व आधिकारिक रहेको दाबी गर्दै आएका छन्।

महाधिवेशनको तालिका सार्वजनिक भएपछि अदालत पुगे देउवा

गगन थापा नेतृत्वलाई १५औँ महाधिवेशन आयोजना गर्ने अधिकार नभएको र देउवाकै नेतृत्वमा महाधिवेशन हुनुपर्ने देउवा पक्षको अडान छ।

साउन २४ देखि भदौ १ गतेसम्म सानेपामा बसेको कांग्रेस बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

थापा नेतृत्वले महाधिवेशनको तालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएपछि देउवाले त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।

खड्का पनि अदालत जाने तयारीमा

पूर्वउपसभापति पूर्णबहादुर खड्काले भने शुक्रबारसम्म सर्वोच्चमा रिट दायर गरेका छैनन्। उनले आफू कानुन व्यवसायीसँग परामर्शमा रहेको बताएका छन्।

‘म कानुन व्यवसायीहरूसँग परामर्शमै छु, छिट्टै म पनि अदालत जान्छु,’ खड्काले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन सरकारी गाडीमा पोखरा प्रस्थान, सुरक्षा निकायलाई छैन औपचारिक जानकारी

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन सरकारी गाडीमा पोखरा प्रस्थान, सुरक्षा निकायलाई छैन औपचारिक जानकारी

Yemen’s Al-Makha Port Closure Threatens Livelihoods and Trade

Charter Plane Crash Kills Eight Near Alaskan Radar Site

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

Nigeria Boat Capsizing Kills at Least 52

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu