ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा सार्वजनिक यातायातका चालकबाट पत्रकार कुटिए, महासंघको आपत्ति


एबीसी न्यूज
१३ श्रावण २०८१, आइतबार   ३ : ५२   बजे

काठमाडौं १३ साउन । समाचार संकलनका क्रममा पोखरामा पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले कुटपिट गरेका छन्।

आन्दोलनरत चालकहरूले पत्रकारको स्कुटरसमेत तोडफोड गरेको नेपाल पत्रकार महासंघले जनाएको छ।

महासंघ कास्की शाखाका अनुसार पोखराको पृथ्वीचोकमा राइड सेयरिङविरुद्ध सार्वजनिक सवारीका चालक र सहचालकले थालेको आन्दोलनको समाचार संकलनका क्रममा रहेका पत्रकारद्वयमाथि आन्दोलनरत चालकहरूले दुर्व्यवहार र कुटपिट गर्नुका साथै पत्रकारको ग २० प ३९७३ नम्बरको स्कुटरसमेत तोडफोड गरेका छन्।

महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी सो घटनाको निन्दा गरेको छ।
महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउन तथा आन्दोलनरत पक्षको मागसमेतलाई सम्बन्धित निकायमा पु¥याउन भूमिका खेल्ने पत्रकारमाथि भएको कुटपिट र तोडफोडको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको प्रहार हो।’

महासंघले प्रेस स्वतन्त्रतामाथि प्रहार गर्नेको तत्काल पहिचान गरी कानुनी दायरमा ल्याउन र क्षतिको क्षतिपूर्ति दिलाई पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group