ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लचिलो मौद्रिक नीतिले जगायो सेयरबजार : ११३ अंकले बढ्यो नेप्से


एबीसी न्यूज
१३ श्रावण २०८१, आइतबार   ३ : ५९   बजे

काठमाडौं १३ साउन । गत शुक्रबार सार्वजनिक भएको लचिलो मौद्रिक नीतिलाई सेयरबजारले स्वागत गरेको छ।  विशेषगरी संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा खारेज गरिएको र २ करोड रुपैयाँसम्मको कर्जा सीमालाई बढाएर साढे २ करोड रुपैयाँ रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थालाई सेयरबजारले सकारात्मक रुपमा लिँदा आइतबार ११३।४२ अंकले बढ्नपुगेको छ।

आइतबार बजारमा दुई पटक सकारात्मक सर्किट लागेर सम्हालिएको हो। योसँगै नेप्से २६८१।५६ विन्दुमा रहँदा कारोबार रकम १५ करोड ८१ अर्ब रुपैयाँ पुगेको छ।

साताको पहिलो कारोबार दिन बजारमा ४ करोड कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसअनुसार १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटाको मात्र घटेको छ भने ८ वटाको बिहीबारकै मूल्यमा कारोबार भएको छ।

आज १२ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट अर्थात् १० प्रतिशतको वृद्धि देखिँदा तीनवटाको ९।९९ प्रतिशत, चारवटाको ९।९८ प्रतिशत, दुईवटाको ९।९७ प्रतिशत र १ कम्पनीको ९।६५ प्रतिशतले सेयर मूल्य बढेको छ।

अधिकांश वाणिज्य बैंकहरुको सेयरमा सकारात्मक सर्किट लागेको हो। गिरावट आएका कम्पनीमध्ये गणपति लघुवित्तको ९।३५ प्रतिशतले घट्नेबाहेक अन्य कम्पनीको सेयर मूल्य सामान्य दरले ऋणात्मक बनेका छन्।

कारोबारतर्फ कुमारी बैंकको सेयर लगानीकर्ताले आज धेरै किनबेच गरेका छन्। बैंकको ३६ करोड १० लाखको, एनआईसी एसियाको ३४ करोड ८१ लाखको, हिमालयन रिइन्स्योरेन्सको ३२ करोड, शिवम् सिमेन्टको ३२ करोड, हाथवे फाइनान्सको २७ करोडको उच्च कारोबार भएको छ।

उपसमूहतर्फ वाणिज्य बैंकको सेयर वृद्धिदर नै ९।८९ प्रतिशत छ। त्यस्तै विकास बैंकको ४।८७ प्रतिशत, फाइनान्स १।२९ प्रतिशत, होटल तथा पर्यटन ०।४६ प्रतिशत, जलविद्युत् ०।८३ प्रतिशत, लगानी ५।७५ प्रतिशत, जीवन बीमा ४।२४ प्रतिशत, उत्पादन १।७२ प्रतिशत, सामूहिक लगानी कोष १।३८ प्रतिशत, निर्जीवन बीमा २।६८ प्रतिशत र अन्य ३।१९ प्रतिशतले बढेका छन्। माइक्रोफाइनान्सको भने ०।१८ अंकले ऋणात्मक रहेको छ।

आज वाणिज्य बैंक, लगानी, विकास बैंक र जीवन बीमा समूहले नेप्सेमा उछाल ल्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu