ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय दल बन्ने थ्रेसहोल्ड दश प्रतिशत बनाउँछौं – शंकर पोखरेल


एबीसी न्यूज
१५ श्रावण २०८१, मंगलबार   ४ : ०७   बजे

काठमाडौं १५ साउन ।   नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय दल बन्न तीन प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था सुधार्न आवश्यक रहेको बताएका छन्।

प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले त्यही व्यवस्थाले गर्दा राजनीतिक अस्थिरता बढेको हुँदा थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताएका हुन्।

पार्टीहरू उम्मेदवार हुँदा डेढ प्रतिशत भोट ल्याएपछि प्रादेशिक पार्टी हुने र तीन प्रतिशत मत ल्याएमा राष्ट्रिय पार्टी हुने व्यवस्था सही नभएको उनले बताए।

‘व्यक्तिले दश प्रतिशत मत ल्याएन भने जमानत जफत हुन्छ,’ उनले भने, ‘निर्वाचन कानुनको यो व्यवस्था मिलेको छ त रु छैन नि।’

त्यही चिज सुधार गर्नका लागि साना पार्टी रिसाउँछन् भन्ने कुराको तुक नरहेको बताए। लोकतन्त्रलाई सही बाटोमा लैजानका लागि साना दल हैन बरू जनता रिसाउँछन् भन्न सक्नुपर्ने तर्क उनको थियो।

‘उम्मेदवारले दश प्रतिशत भोट नल्याए जमानत जफत हुँदा हरेक उम्मेदवार रिसाउँछन् नि,’ पोखरेलले प्रश्न गरे, ‘तर, पार्टीका हकका डेढ प्रतिशत र तीन प्रतिशत मापदण्ड राखेपछि अनि लोकतन्त्र अस्थिर हुँदैन भनेर बहस गर्न नचाहाने, त्यस्तो पनि हुन्छ ररु’

लोकतन्त्रको स्थायित्वका लागि दलहरू जिम्मेवार र बलिया हुनुपर्ने उनको कथन थियो। त्यसैका लागि प्रमुख दुई दलहरू मिलेको उनले बताए।

साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीतिक दल एक ठाउँमा आउनु परेको महासचिव पोखरेलको भनाइ थियो।

फरक प्रसंगमा महासचिव पोखरेलले वामपन्थीहरूका बीचमा एकताको कथा असफल भइसकेको भन्दै अब फेरि पुरानै बाटोबाट अघि बढ्न नसकिने बताए।

‘कम्युनिस्ट पार्टी एकताको प्रहसन अब दोहोरिँदैन,’ उनले भने, ‘बरू कम्युनिस्ट विचारको एकता आवश्यक हो।’

नेताको टाउको जोडेर गरिने एकता दिगो नहुने कथा व्यहोरिसकेको भन्दै अब कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रीकरण जरूरी रहेको उनले तर्क गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group