ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ दशकपछि दुई तिहाइको सरकार बन्दै : अध्यक्ष दाहाल


admin
१६ फाल्गुन २०७४, बुधबार   ७ : ०५   बजे

पर्वत, १६ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झण्डै छ दशकपछि दुई तिहाइको सरकार बन्न लागेको बताउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारमा आजदेखि शुरु भएको दसौँ पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले विसं २०१५ पछि पहिलोपटक दुई तिहाइ बहुमत प्राप्त सरकार बन्न लागेको बताउँदै अहिले त्यसैको कसरतमा सरकार लागिपरेको बताउनुभयो ।

अब सरकार दुई तिहाइको बनाउने र समृद्धि, स्थायित्व र समाजवादतर्फ मुलुकलाई लैजान यतिबेला चटारो रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले मुलुकमा एउटै कम्युनिष्ट केन्द्र केही दिन पहिलेको सात बुँदे सहमति र कार्यदलको पछिल्लो प्रतिवेदनले बनिसकेको दाबी गर्दै मधेश केन्द्रित दल पनि सहभागी भएपछि दुई तिहाइको सरकार बन्ने बताउनुभयो ।

उहाँले एक÷दुई दिनमै मधेशवादी दलसहितको सरकारले पूर्णता पाउनेबताउँदै मधेशवादी दलसँग संविधान संशोधनलगायत केही विषयमा सहमति हुन बाँकी रहेको स्पष्ट पार्नुभयो ।
मुलुकवासीले जनमतबाटै कम्युनिष्ट पार्टीलाई जिम्मेवारी दिइसकेको बताउँदै अध्यक्ष दाहालले स्थायित्व विकास र समृद्धिजस्ता जनतासँग गरेका कबुल पूरा गर्ने समय आएको बताउनुभयो ।

उहाँले सामुदायिक रेडियोलाई सरकारले पर्याप्तमात्रामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu