ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस-युक्रेन युद्धमा मारिएका ५ जनाकाे अस्तु नेपाल ल्याइयो


एबीसी न्यूज
२४ श्रावण २०८१, बिहिबार   १ : ३९   बजे

काठमाडौं २४ साउन । रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तु पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । रुसको मस्कोस्थित नेपाली दूतावासले कतार एयरलाइन्समार्फत दोहा हुँदै नेपाल पठाइएको अस्तु बिहीबार परिवारजनले बुझेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार कास्कीका देवन राई, स्याङ्जाका प्रीतम कार्की, हरिप्रसाद अर्याल, महोत्तरीका अनितकुमार शाह र स्याङ्जाका गणेश श्रेष्ठको अस्तु नेपाल आइपुगेको हो ।

गत कात्तिक १८ मा मारिएका २६ वर्षीय देवनको पाँच महिनापछि परिवारको सहमतिमा मस्कोस्थित बालाशिखामा अन्त्येष्टि गरिएको थियो । उनको परिवारसँग अन्तिम पटक कात्तिक १७ मा सम्पर्क भएको थियो ।

स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्यालको निधनको खबर परिवारले पुसको दोस्रो साता मात्रै पाएका थिए । समयमै शव नआउने भएपछि परिवारले त्यतिबेलै कुशको प्रतिमा बनाएर दाहसंस्कार गरेका थिए । १८ वर्षको उमेरमा नेपाली सेनामा भर्ती भएका उनले साढे दुई वर्षमै राजीनामा दिए ।

त्यतिबेला ओमन र दक्षिण अफ्रिका जाने प्रयासमा रहेका उनी कात्तिक ३ मा रुस पुगेका थिए । मंसिर १८ ९डिसेम्बर ४० मा फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले ‘यस्तै छ जिन्दगी, बाँचे भेट, मरे त यत्तिकै’ लेखेका थिए । मंसिर १९ पछि उनी परिवारको सम्पर्कमा थिएनन् । परराष्ट्र मन्त्रालयले गत मंसिर १८ मा स्याङ्जाका प्रीतम कार्कीको रुस–युक्रेन युद्धमा मारिएको पुष्टि गरेको थियो ।

रुसले डीएनए परीक्षणका लागि १५ जना परिवारको नमुना मागेको थियो । कन्सुलर विभागले तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारको डीएनए नमुना पठाइदिएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

नेपाल सरकारले लगातार प्रयास गरिरहे पनि रुसी सेनामा हालसम्म कति नेपाली भर्ती छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्यांक रुसी सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको छैन ।

रुस–युक्रेन युद्धमा भइरहेका घटनाका सम्बन्धमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयले जेठ ११ मा युरोप–अमेरिका महाशाखा प्रमुख गणेश ढकालको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

गैरआवासीय नेपाली संघ, रुसका अनुसार रुस–युक्रेन युद्धमा मारिएकाको शव रोस्तोभ सहरमा संकलन भइरहेको छ । ‘त्यहाँ ल्याएपछि पहिचान गर्न डीएनए परीक्षण हुन्छ,’ एनआरएन रुसका अध्यक्ष केश तिमल्सिनाले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

सम्बन्धित

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

दुई पटकको विश्वविजेता उरुग्वे समूह चरणमै जितविहीन रहँदै विश्वकपबाट बाहिरियो

विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा, ३२ टोलीको नकआउट यात्रा तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu