ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उड्डयन क्षेत्रको समग्र अध्ययन गर्न सरकारले आयोग गठन गर्छः मन्त्री पाण्डे


एबीसी न्यूज
२४ श्रावण २०८१, बिहिबार   २ : १३   बजे

काठमाडौं २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताएका छन्।

बिहीबार सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उनले सो कुरा बताएका हुन्।

बुधबार हेलिकप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ५ जनाको ज्यान गएको थियो। त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिनका लागि ३ सदस्यीय जाँच आयोग गठन गरेको थियो। घटना विशेषको छानबिनका लागि आयोग गठन गरे पनि समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई सो क्षेत्रको समग्र अध्ययनका लागि आयोग नै गठन गर्न निर्देशन दिएको पनि मन्त्री पाण्डेले समितिलाई जानकारी गराए।

उनले गएराति पनि अबेरसम्म प्रधानमन्त्री ओलीले आफू र मन्त्रालयका सचिवसँग सो विषयमा छलफल गरी त्यस क्षेत्रको समस्या समाधान हुने गरी आयोग बनाउन निर्देशन दिएको पनि बताए। अब बस्ने मन्त्रिपरिषद् बैठकले सो आयोग बनाउने जानकारी उनले दिए।

उनले भने, ‘घटनालगत्तै छानबिन समिति बन्यो। मन्त्रिपरिषदमा पनि निकै लामो छलफल भयो। र, हामीले सधैँ यस्तो आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन या त ढिलाइ गर्ने या त दिएपछि पनि त्यसको कार्यान्वयनमा नजाने। यही कारणले हामी झन् जटिलतामा फस्दै गयौँ।अबचाहिँ यसलाई समग्रमा अध्ययन गर्नुपर्छ, हाम्रो सिस्टममाथि नै अध्ययन गर्नुपर्छ।’

प्रधानमन्त्रीले पनि विशेष चासो देखाएको र यस विषयमा आफू पनि छलफलमा रहेको मन्त्री पाण्डेले बताए। उनले समितिमा भने, ‘उड्डयन प्रणालीमाथिकै समस्या हो किरु नीतिगत समस्या हो कि, कानुनी समस्या हो किरु संरचनागत समस्या हो किरु प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरू, अनुगमन र नियमनको स्थिति के हो भन्नेमा समग्र अध्ययनका लागि एउटा आयोग बनाएर नै अघि बढ्ने गरी मन्त्रालयलाई उहाँ ९प्रधानमन्त्री० ले निर्देशन दिनुभएको छ। त्यसपछि पनि म र सचिवज्यूसमेत राति प्रधानमन्त्रीज्यूसँग समेत यो विषयमा थप छलफल गरेका छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu