ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी जनयुद्धबारे पूर्णबहादुर खड्काको प्रतिवेदनमा हेरफेर, अनावश्यक र विध्वंशकारी भन्ने शब्द हटाइयो


एबीसी न्यूज
२४ श्रावण २०८१, बिहिबार   ३ : २४   बजे

काठमाडौं २४ साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी जनयुद्धबारे महासमिति बैठकमा राखेको धारणा परिवर्तन भएको छ।

गत फागुनमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा खड्काले प्रतिवेदन पेस गर्दै माओवादी जनयुद्धलाई ‘कथित, अनावश्यक र विध्वंशकारी’ भनेका थिए।

खड्काको उक्त धारणा सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रले तिब्र असन्तुष्टि जनाएको थियो। त्यसलाई समेत ख्याल गर्दै खड्काले आफ्नो प्रतिवेदनमा प्रयोग भएको भाषा परिमार्जन गरेका हुन्।

बुधबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठकमा महासमिति बैठकमा पेस भएका प्रतिवेदनलाई परिमार्जित गरेर पेस गरिएको थियो।

खड्काको परिमार्जित प्रतिवेदनमा पहिले प्रयोग भएका ती शब्दहरू हटाइएको छ।

महासमिति बैठकमा पेस भएको धारणा
कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति सुरू भयो। सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो। विकास र सम्वृद्धिको त्यो यात्रा अवरुद्ध भयो। ध्वंश विध्वंशहरू भए। विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो। यति धेरै क्षति हुने गरी यो विध्वंशको आवश्यकता थिएन।

परिर्माजित प्रतिवेदनमा प्रयोग भएको भाषा
सशस्त्र हिंसाको राजनीति सुरू भयो। सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो। विकास र समृद्धिको त्यो यात्रा अवरुद्ध भयो। सशस्त्र द्धन्द्धको कारणले विकासका कतिय संरचना तथा योजनाहरु तहसनहस भए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu