ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई मुकुलको सुझाव– एक पटक नागरिकता त्यागेकाको नियुक्ति रोकौँ, प्रदेश खारेज गरौँ (पूर्णपाठ)


एबीसी न्यूज
२८ श्रावण २०८१, सोमबार   २ : ४०   बजे

काठमाडौं २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निलम्बित महामन्त्री डा। मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न १५ सुझाव दिएका छन्। सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर आफूले विभिन्न १५ बुँदामा सुझाव पेस गरिएको डा। ढकालले बताएका छन्।

उनले पछिल्लो पटक आफू देशका विभिन्न ३८ वटा जिल्लामा समीक्षा यात्राका लागि पुगेको र उक्त भेटघाट पार्टीको तर्फबाट भएपनि आम नागरिकको हैसियतमा सुझाव संकलन गरेको बताएका छन्।

प्रशासन सुधार, स्थानीय सरकार, भ्रष्ट्राचार, मिटर ब्याज पीडितको समस्या समाधान, खानेपानी, अस्पताल, शिक्षा लगायतका विषय छुट्याएर ढकालले सुझाव बुझाएका हुन्।

उनले पछिल्लो पटक चर्चामा रहेको संविधान संशोधनको एजेण्डामा पनि सुझाव दिएका छन्। प्रदेश, जिल्ला समन्वय समिति, उपरराष्ट्रपति पद खारेज हुनुपर्ने उनले बताएका छन्।

‘इन्तु, किन्तु, परन्तु केही नलगाइ प्रदेश खारेज हुनुपर्छ, जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रो छ,’ उनले सुझावमा भनेका छन्।

सुझावमा अघि भनिएको छ, ‘थ्रेस होल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एक पटक समानुपातिक निर्वाचनबाट निर्वाचित व्यक्ति फेरि समानुपातिक निर्वाचित हुन नपाउने जस्ता व्यवस्था गरे वर्तमान निर्वाचन प्रणाली नै सुधार गर्न सकिनेछ।’

साथै, उनले एक पटक नेपाली नागरिकता लिएको व्यक्तिले फेरि नागरिकता लिए त्यस्तो व्यक्तिलाई पुनः मनोनयन वा नियुक्त गर्न नहुने तर्क पनि गरेका छन्।

‘एक पटक नेपाली नागरिकता त्यागेका व्यक्तिले फेरी नेपाली नागरिकता लिएमा त्यस्तो नेपाली नागरिकलाई नेपालको संविधानको धारा २८९ ९१० बमोजिम मनोनयन वा नियुक्त हुन दिनुहुँदैन,’ उनले सुझावमा भनेका छन्, ‘वयस्क भइसकेपछि नागरिकता त्याग्ने व्यक्ति राज्यको महत्त्वपूर्ण उच्च ओहदामा नियुक्ति हुँदा, ती व्यक्तिको मगजमा फेरी राष्ट्र त्यागिदिने मनोविज्ञान नआउला भन्न नसकिने भएकाले यो व्यवस्था संविधानको मर्म कार्यान्वयनका लागी संविधानमा नै राखिन आवश्यक छ।’

यस्ता छन् मुकुलका १५ सुझाव:

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu