ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापोरिजा आणविक भट्टीमा आगलागी, रुस र युक्रेनले एकअर्कालाई लगाए दोष


एबीसी न्यूज
२८ श्रावण २०८१, सोमबार   ४ : २८   बजे

काठमाडौं २८ साउन । जापोरिजा आणविक भट्टीमा आगलागी भएको छ। त्यसका लागि रुस र युक्रेनले एकअर्कालाई दोष दिएका छन्।

दुई वर्षदेखि जापोरिजा रुसी फौजको नियन्त्रणमा छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी फौजले त्यहाँ आगो लगाएको आरोप लगाएका छन्। उता रुसद्वारा नियुक्त जापोरिजाका गभर्नरले युक्रेनी सैनिकले गोलाबारी गरेपछि आगलागी भएको बताएका छन्।

राष्ट्रसंघीय निगरानीकर्ताले भने धुवाँको मुस्लो उठे पनि आणविक असुरक्षाको संकेत नदेखिएको बताएको छ।

गभर्नर यव्गेनी बालित्स्कीले विकिरणको मात्रा नबढेको भन्दै शान्त रहन आह्वान गरेका छन्।

हाल सो आणविक भट्टीका सबै ६ वटै रियाक्टर बन्द छन्।

उता रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना पसेर आक्रमण गरिरहेको छ। रुसको ३० किमि भित्रसम्म युक्रेनी सेना पुगेको बताइएको छ। सो क्षेत्रबाट करिब ८० हजार मानिसलाई अन्यत्र सारिएको छ।

६ दिनदेखि चलिरहेको सो लडाइँ रोक्न रुसले सकिरहेको छैन। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu