काठमाडौं ३० साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
पर्साको विरगञ्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।
नक्कली भुटानी शरअणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको कसुरमा पक्राउ परेका यसअघिका प्रतिवादीहरुलाई पनि यीनै कसुरमा मुद्दा दायर गरिएको थियो।
झालाई असार १४ गते पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
प्रतिक्रिया दिनुहोस्