ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ दिल्ली जाँदै परराष्ट्रमन्त्री राणा, भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता


एबीसी न्यूज
३१ श्रावण २०८१, बिहिबार   ४ : ४१   बजे

काठमाडौं ३१ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आगामी साता नयाँदिल्ली जाने भएकी छन्।  ‘औपचारिक भ्रमण’ कै रूपमा नयाँदिल्ली जान लागेकी परराष्ट्रमन्त्री डा। राणाको यो यात्रा भने दुईपक्षीय मामिलाको साटो स्वास्थ्यको कारणले जुराएको हो।

विभिन्न स्वास्थ्य समस्या देखिएपछि डा। राणाको १५ चैत २०८० मा नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा हाइपर पाराथोरोडिज्मको शल्यक्रिया गरिएको थियो। नियमित स्वास्थ्य परीक्षणका लागि फेरि नयाँदिल्ली जानुपर्ने भएपछि भारतीय पक्षले उनको भ्रमणलाई औपचारिक रूप प्रदान गर्न लागेको हो।

‘उहाँ व्यक्तिगत तवरमा स्वास्थ्य परीक्षणका लागि नयाँदिल्ली जाने तयारीमा हुनुहुन्थ्यो, यो कुराको जानकारी पाएपछि भारतीय पक्षले उहाँलाई निम्तो पठाएको छ’ परराष्ट्रमन्त्री राणानिकट स्रोतले भन्यो, ‘निम्तो प्राप्त भएकाले उहाँको भ्रमण औपचारिक हुनेछ। तर स्वास्थ्य परीक्षणको सिलसिलामा जाने हुनुभएकाले उच्चस्तरीय भेटघाट भने धेरै हुने छैनन्।’

स्रोतका अनुसार, अन्य उच्चस्तरीय भेटवार्ताहरू नभएपनि मन्त्री डा। राणा र उनका भारतीय समकक्षी एस। जयशंकरसँग भने नयाँदिल्लीमा भेटवार्ता हुनेछ। भारतीय विदेशमन्त्री जयशंकरले नै निमन्त्रणा पठाएकाले दुई समकक्षीबीच भेटवार्ता हुन लागेको हो।

आगामी हप्ताको सुरुवातमा नै जाने तय भए पनि मिति भने यकिन गरिएको छैन।
यससम्बन्धी निर्णय आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले गर्न सक्नेछ।

‘सम्भवत उहाँ आइतबार २ भदौ वा सोमबार ३ भदौ मा नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ’ स्रोतले भन्यो, ‘बढीमा तीन दिन नयाँ दिल्लीमा रहने कार्यक्रम तय भएको छ।’

मन्त्रिपरिषद्को बैठक केहीबेरमा सिंहदरबारमा बस्दै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu