काठमाडौैं ३२ साउन । नेपाल आयल निगमले भैरहवा र पोखरा विमानस्थलको हवाइ ढुवानीमा छुट दिएको छ। बिहीबार बसेको बोर्डको सञ्चालक समिति बैठकले प्रतिकिलोलिटर इन्धनमा १०० डलर छुट दिने निर्णय गरेको हो।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको थियो। जसअनुसार निगमले लागत मूल्यबराबरको हवाइ इन्धनमा छुट दिनलागेको हो।
‘बिहीबार बसेको बोर्डको बैठकले प्रतिकिलोलिटरमा १०० डलर छुट दिने निर्णय गरेका छौँ’, वाणिज्य सचिव तथा नेपाल आयल निगमका बोर्ड अध्यक्ष मधुसुदन बुर्लाकोटीले नेपालखबरसँग भने, ‘भैरहवा र पोखरामा औसत लागत मूल्यअनुसार १०० डलर छुट दिने निर्णय गरेका हौँ।’
उनले भैरहवाको तुलनामा पोखरामा इन्धनको लागत फरक भए पनि औसत मानेर १०० डलर छुट दिने निर्णय भएको बताए।
प्रतिक्रिया दिनुहोस्