ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोलुखुम्बुमा हिम पहिरोपछि बाढी : ३ वटा घर र एउटा छात्रावास बगायो


एबीसी न्यूज
३२ श्रावण २०८१, शुक्रबार   ३ : ४८   बजे

काठमाडौैं ३२ साउन ।   सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा गएको हिमपहिरोमा परेर ३ वटा र एउटा छात्रावास बगाएको छ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी सीडीओ देवी पाण्डे खत्रीले ३ वटा घर र एउटा छात्रावास बगाएको खबर आएको जानकारी दिइन्।

उनका अनुसार, त्यहाँ प्रहरीको टोली पुग्ने क्रम जारी छ। अहिलेसम्म त्यहाँकै नजिक रहेका १० जना नेपाली सेनाको टोली पुगेर उद्धारको कार्य भइरहेको छ।

‘३ वटा घर र एउटा छात्रावास बगाएको खबर आएको छ,’ सीडीओ पाण्डेले नेपालखबरसँग भनिन्, ‘अन्य ४ वटा घर पनि बगाउने क्रममा छ। निकै ठूलो क्षति पुगेको ब्रिफिङ त्यहाँबाट भएको छ।’

सोलुखुम्बुको खुम्बु गाउँपालिकामा हिमपहिरो, दूधकोसीमा ठूलो बाढी

सदरमुकाम सल्लेरीबाट उक्त घटना घटेको ठाउँ पुग्न पैदल हिँडेर कम्तिमा पनि ४र५ दिन लाग्ने उनले बताइन्।

‘हामी उद्धारका लागि हेलिकप्टर तयार पारेर बसेका छौँ, तर मौसमका कारण हेलिकप्टर पनि पठाउन सकिएको छैन,’ सदरमुकाम सल्लेरीबाट टेलिफोनमा उनले भनिन्।

उनले कुन ठाउँमा पहिरो आएको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको बताइन्। ‘ठूलो वर्षा माथि माथि क्षेत्रमा अझै भएकाले कुन ठाउँमा पहिरो गयो भन्ने पनि पत्ता लगाउन सकेका छैनौँ,ँ उनले भनिन्।

उक्त हिमपहिरोपछि आएको बाढीका कारण दूधकोसी नदीमा ठूलो बाढी आएको छ। दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो।

खुम्बु पासाङ ल्हामु, माप्य दूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group