ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतामा जाने कार्यक्रमको तयारी हुँदैछ : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२ भदौ २०८१, आइतबार   १२ : ५२   बजे

काठमाडौं २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताएका छन् ।

वि।सं। २०५१ सालमा शहीद भएका तत्कालीन एकता(केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौं । पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ । केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौं ।’

 

अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए ।

नयाँ गठबन्धनका कारण जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको बताउँदै उनले जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प नभएको बताए ।

 

उनले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणात्मक योगदान रहेको पनि बताए । ‘रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो। मधेशमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्वपूर्ण भूमिका खेल्नुभयो,’ उनले भने ।

कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेललगायतका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu