ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसी विधेयक कार्यान्वयन हुँदा पीडितलाई झनै पीडा नहोस् : कांग्रेस सांसद पुडासैनी


एबीसी न्यूज
२ भदौ २०८१, आइतबार   ३ : ०६   बजे

काठमाडौं २ भदौ । नेपाली कांग्रेस सांसद विष्णुदेवी पुडासैनीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडितमैत्री हुनुपर्ने बताएकी छिन्।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले संसदबाट पारित भइ कार्यान्वयन जाँदा पीडितलाई झनै पीडा दिने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गरिन्।

उनले आफन्त गुमाएका, शारीरिक एवं मानसिक यातना भोगेका, घाइते एवं अपाङ्ग भएका घरबार, धन सम्पती गुमाएका सबैले न्यायको महसुस हुने परिस्थिति बन्ने वातावरण सिर्जना गर्न आग्रह गरिन्।

‘विभिन्न रुपमा पटक पटक भएका जनआन्दोलन एवं विद्रोहका कारण धनजनको क्षति पश्चात व्यवस्था परिवर्तन भएपनि त्यस्ता आन्दोलनले विद्रोहबाट प्रत्यक्ष रुपमा प्रभावित हुनुभएका नागरिकहरूको पीडामा भने मल्हम लगाउन सकिएको छैन,’ उनले भनिन्, ‘पछिल्लो पटक माओवादीबाट भएको विद्रोहका कारण पीडित हुन पुगेका नेपाली नागरिकलाई न्याय प्रदान गरी शान्ति प्रक्रिया टुंग्याउन प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित भएको र सो विधेयक यस सम्बन्धी सदनमा छलफल भइ पास हुँदैछ।’

उनले पटक पटक भएका जनआन्दोलन एवं विद्रोहका कारण धनजनको क्षति पश्चात व्यवस्था परिवर्तन भएपनि त्यस्ता आन्दोलनले विद्रोहबाट प्रत्यक्ष रुपमा प्रभावित भएका नागरिकहरूको पीडामा भने मल्हम लगाउन नसकिएको उल्लेख गरिन्।

‘यो विधेयक पारित भइ कार्यान्वयनमा जाँदा यसले पीडितलाई झनै पीडित नबनाओस्। आफन्त गुमाएका, शारीरिक एवं मानसिक यातना भोगेका, घाइते एवं अपाङ्ग भएका घरबार, धन सम्पती गुमाएका सबैले न्यायको महशुस हुने परिस्थिति बनोस्,’ उनले भनिन्।

सांसद पुडासैनीले काठमाडौँ महानगर र संघीय सरकारको द्वन्द्वका कारण काठमाडौँ सहर खाल्डो सहर बन्दै गएको बताइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group