काठमाडौं २ भदौ । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेलविरूद्ध अख्तयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
युवराज सफलले खरेलविरूद्ध नक्कली सुराकी खडा गरी कमिसन लिएको दाबी गरी अख्तियारको टंगालस्थित मुख्यालयमा उजुरी दिएका हुन्।
उनले २०४६ सालपछि विभिन्न प्रकरणमा वितरण गरिएका एवं सुराकी कमिसनबापत भुक्तानी गरिएको रकमको विवरणका साथै त्यस्तो रकम प्राप्त गर्नेहरूको विस्तृत विवरणको सक्कल फाइल झिकाई अनुसन्धान गर्नुपर्ने उजुरीमा भनेका छन्।
खरेलले श्रीमतीका नाममा सुराकी खर्च लिएको कुरा विभिन्न टेलिभिजन अन्तर्वार्ताहरूमा स्वीकार गरेका छन्।
खरेल २०७९ को निर्वाचनमा सुशासन पार्टी गठन गरी काठमाडौँ(१ मा उम्मेदवार थिए भने २०८० वैशाखको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा(२ मा उम्मेदवार भएका थिए। ती दुवै चुनावमा उनी पराजित भएका थिए।
पछिल्लोपल्ट उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरूद्ध उजुरी दिएर चर्चामा आएका थिए।
प्रतिक्रिया दिनुहोस्