ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यदर्शन सहकारीका पूर्वसचिव काठमाडौंबाट पक्राउ


एबीसी न्यूज
२ भदौ २०८१, आइतबार   ५ : २३   बजे

काठमाडौं २ भदौ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वसचिव पक्राउ परेका छन्।

पर्साको वीरगञ्ज महानगरपालिका १४ श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका १७ घारीपाटन बस्ने ४८ वर्षीय अनुज नकर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

नकर्मी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको पूर्व सचिव हुन्।

नकर्मी बचतकर्ताको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसूरमा संलग्न रही फरार रहेका थिए।

उनलाई शुक्रबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेर कारबाहीका लागि कास्की लगिएको छ। आइतबार उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको कास्की प्रहरीले जानकारी दिएको छ।

सहकारीका अध्यक्ष जिबी भन्ने गितेन्द्र बाबु राई हाल फरार छन्। सोही सहकारीको ठगीमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पनि पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन्।

तर प्रहरीले उनीविरुद्धको जाहेरी कारबाही प्रक्रियामा नलगि जाहेरी नै अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले ६ महिनासम्म पनि रविविरुद्धको जाहेरी कानुनी प्रक्रियामा अगाडी बढाएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu