ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट थप २५१ मेगावाट बिजुली भारत निर्यातको बाटो खुल्ला


एबीसी न्यूज
३ भदौ २०८१, सोमबार   १ : ४३   बजे

काठमाडौं ३ भदौं । नेपालले कुल स्वीकृत परिमाणबाहेक थप २५१ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ। भारतीय राजदूतावासका अनुसार नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट बिजुली निर्यातका लागि भारतबाट स्वीकृति प्राप्त भएको हो।

योसँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्नेछ। यसले कुल स्वीकृत परिमाण ६९० मेगावाट ९१६ परियोजनाबाट० बाट थप २५१ मेगावाट अर्थात् कुल ९४१ मेगावाट ९२८ परियोजनाबाट० बिजुली निर्यात गर्न सकिनेछ।

नेपालले यसअघि नै भारतमा बिजुली निर्यात गर्दै आएको छ। निर्यातबाट गत वर्ष मात्र १६ अर्ब ९३ करोडको बिजुली बिक्री गरी खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ।

भारतले सन् २०२१ अक्टोबरमा पहिलोपटक नेपालबाट ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति दिएको थियो। अहिले यो २४ गुणाले बढेको दूतावासले उल्लेख गरेको छ।

नेपालले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी पहिलोपटक ऊर्जा निर्यात सुरु गरेको थियो। त्यसयता नेपालले भारतको रियल टाइम मार्केटमा समेत पहुँच पाइसकेको छ।

नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरिसकेको छ। भारतले भारतका खरिदकर्ताहरुलाई जलविद्युत् खरिद दायित्व ९एचपीओ० को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ। यसले खरिदकर्तालाई नेपालबाट बिजुली किन्न प्रोत्साहन मिल्ने दूतावासको विश्वास छ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताअनुसार नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगवाटसम्म बिजुली बिक्री गरिने उल्लेख छ। दूतावासका अनुसार सम्झौताको पहिलो वर्षमै १ हजार मेगावाट बिजुली निर्यात भइसकेको छ।

नेपालले बंगलादेशलाई समेत ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौताको चरणमा थियो। गत साउन १३ गते नै हस्ताक्षरको योजना बने पनि पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक घटनाक्रमका कारण हाल उक्त सम्झौता स्थगित अवस्थामा छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group