ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारविरुद्ध सरकारमाथि दबाब बढाउन नागरिक समाजलाई रास्वपाले आह्वान गर्ने


एबीसी न्यूज
५ भदौ २०८१, बुधबार   ३ : ४४   बजे

काठमाडौं ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारका मुद्दामा सरकारलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्न नागरिक समाजलाई आह्वान गर्ने भएको छ ।

अनियमितताका प्रकरणमा नागरिक समाज मार्फत सरकारलाई दबाब दिन आह्वान गर्ने केन्द्रीय समितिको आज बसेको बैठकले निर्णय गरेको हो ।

भ्रष्टाचारको मुद्दामा हदम्याद, स्वार्थ बाझिने र असमावेशी मन्त्री नियुक्ति, शिक्षामा राजनीतिकरण लगायतका मुद्दामा नागरिक समाज मार्फत पनि दबाब आवश्यक रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

‘भ्रष्टचार मुद्दाको हदम्याद, अख्तियारले निजी क्षेत्रलाई हेर्ने, शिक्षामा दलीयकरण गर्ने, स्वार्थ बाझिनेलाई मन्त्री बनाउने काम भएको छ,’ झाले भने,‘यी मुद्दाहरुमा संगठित रुपमा विरोध गर्ने निर्णय भएको छ ।’

 

मन्त्रिपरिषद असमावेशी, विद्युत महशुल उठाउनका लागि सरकारले उदासिनता र आनाकानी गरिरहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए । उनका अनुसार रास्वपाले अनियमितताका प्रकरणमा संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ ।

उनले भने, ‘नीतिगत भ्रष्टचारका सम्बन्धमा स्पष्ट नभएको र नीतिगत भ्रष्टचारका लागि ठाउँ बनाउँदै गएको पार्टीको निष्कर्ष रहेको बुर्लाकोटीले बताए। पार्टीले शसक्त आवाज उठाउनेछ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu