काठमाडौं ५ भदौ । सभामुख देवराज घिमिरेले दलका मुख्यरप्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। संसद्को क्यालेन्डर तयारी लगायतका विषयमा उनीहरूसँग छलफल गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
साथै, संसद् बैठक प्रभावकारी रुपमा अघि बढाउनेबारे पनि छलफल भएको छ।
संघीय संसद्को दुवै सदनको बैठक भोलि बिहीबार का लागि बोलाइएको छ। त्यसअघि सभामुख घिमिरेले सचेतकसँग छलफल गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्