ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बायोप्सी गर्ने क्रममा मृत्यु प्रकरण : छानबिन समिति गठन भएपछि आफन्तले बुझे शव


एबीसी न्यूज
५ भदौ २०८१, बुधबार   ५ : ०४   बजे

काठमाडौं ५ भदौ । चितवनको भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी गर्ने क्रममा एक महिलाको मृत्यु भएपछि छानबिनका समिति गठन गरिएको छ।

चितवनको गैँडाकोट बस्ने ३९ वर्षीया सम्झना काफ्ले ढकालको पाठेघरको बायोप्सी गर्ने क्रममा मृत्यु भएपछि आफन्तले शव बुझेका थिएनन्। अस्पतालको लापरवाहीले मृत्यु भएको आफन्तको आरोपपछि घटनाको छानबिन गर्न बुधबार आज० छानबिन समिति गठन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा समितिको बैठकले भरतपुर अस्पतालका डाक्टर प्रकाश खतिवडा संयोजक रहने गरी ९ सदस्यीय छानबिन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

समितिमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत अन्तिम सिन्जाली, बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका एनेस्थेसियन डा। प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, पीडित पक्षका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले रहेका छन्।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार छानबिन समितिले सात दिनभित्र प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ।

‘छानबिन समितिले तयार पारेको प्रतिबेदनमाथि कारबाहीका लागि गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई अनुरोध गर्ने निर्णय भयो,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘हामी निष्पक्ष छानविन गर्छौं। छानबिन समिति बनेसँगै मृतकका परिवारले शव बुझेर अन्तिम संस्कार गर्न तयार हुनुभएको छ।’

ढकाललाई मंगलबार बायोप्सी गर्ने ९मासुको टुक्रा निकाल्ने० क्रममा स्पाइनल एनेस्थेसिया ९कम्मरभन्दा तलको भाग लठ्याउने० औषधि दिइएकोमा उनको मृत्यु भएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ।

मंगलबार दिउँसो अस्पताल भर्ना गरिएकी ढकालको राति १० बजेतिर बायोप्सी गर्ने क्रममा मृत्यु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group