ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयबाट घर फर्किंदै गर्दा पहिरोसहितको ढुंगाले लागेर ६ वर्षीया बालिकाको मृत्यु


एबीसी न्यूज
७ भदौ २०८१, शुक्रबार   १२ : ३९   बजे

काठमाडौं ७ भदौं ।   मकवानपुरको बकैया गाउँपालिका(६, की ६ वर्षीय बालिकाको विद्यालयबाट घर फर्कँदै गर्दा पहिरोमा परी मृत्यु भएको छ।

बिहीबार दिउँसो विद्यालयमा पढाइ सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरोसहित आएको ढुंगाले लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालदय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा बकैया(६, स्थित जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत सुष्मा थिङ रहेको प्रहरीले जनाएको छ।

सोही वडाका वडाध्यक्ष फूलमान बोम्जनका अनुसार बिहीबार साँझ ५ बजेतिर विद्यालयबाट फर्कदैँ गर्दा पहिरोसँगै आएको ढुंगाले लागेर उनको मृत्यु भएको हो।

विद्यालयबाट झण्डै एक घण्टा पैदल लाग्ने ज्यामिरे भन्ने स्थानमा आएको पहिरोको ढुंगाले लागेर उनको ज्यान गएको हो।

त्यो नानी र अरु साथीहरु घर आउँदै रहेछन्, वडाध्यक्ष बोम्जनले भने, पहिरोमा आएको ढुंगाले लागेर त्यो नानी बेहोस भइछिन्। साथीहरू घरमा उनका आमाबुवालाई बोलाउन गएछन्। एउटा अलि ठूलो साथीले स्वास्थ्यचौकी लान बोकेर अलि वरसम्म आएका रहेछन्। तर बाटोमै मृत्यु भएछ।

उनका अनुसार पहिरोको ढुंगा सुष्मालाई मात्रै लागेको हो। अन्य साथीहरु भने सकुशल छन्। बालिकाको शव परिवारले बुझेर अन्तिम संस्कारको तयारीमा जुटेको उनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu