ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, शान्तिका दूतका रूपमा प्रस्तुत हुने


एबीसी न्यूज
७ भदौ २०८१, शुक्रबार   १ : ०४   बजे

काठमाडौं ७ भदौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली दुई मुलुक पोल्याण्ड र युक्रेनको भ्रमणका सिलसिलामा शुक्रबार युक्रेनको राजधानी किएभ आइपुग्नुभएको छ ।

प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार किएभमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

रूसले युक्रेनमा आक्रमण सुरू गरेको साढे दुई वर्षपछि युक्रेनले रूसी भूमिमा ठूलो प्रतिआक्रमण गरेको केही दिनपछि मोदीले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गरिरहनुभएको छ ।

मोदीले आफ्नो भ्रमणअघि भन्नुभएको थियो, “युद्धभूमिमा कुनै पनि समस्याको समाधान हुन सक्दैन जतिसक्दो चाँडो शान्ति र स्थिरताको पुनर्स्थापनाका लागि भारत वार्ता र कूटनीतिक पहलको पक्षमा छ ।”

उहाँ युक्रेनको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ ।

रूसको पश्चिमी कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणपछि मस्को र किएभबीच कूटनीतिक सफलता पहिलेभन्दा बढी असम्भव देखिएको छ ।

युक्रेनका धेरैले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको रूपमा हेरेका मोदी स्वयं एक प्रभावकारी सम्झौताकर्ता हुन सक्नुहुन्छ वा हुँदैन स्पष्ट छैन ।

मोदीले जेलेन्स्कीसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि दृष्टिकोण आदानप्रदान गर्नुका साथै भारत र युक्रेनबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने योजना रहेको बताउनुभयो ।

युक्रेन प्रस्थान गर्नुअघि उहाँ बिहीबार पोल्याण्ड पुग्नुभएको थियो ।

“एक मित्र र साझेदारको रूपमा हामी यस क्षेत्रमा शान्ति र स्थिरताको शीघ्र पुनरागमनको आशा गर्दछौं,” मोदीले भ्रमणअघि सामाजिक सञ्जालमा भन्नुभएको छ ।

जेलेन्स्कीले मोदीसँगको भेटमा ‘धेरै दस्तावेजमा पनि हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताउनुभएको छ ।

भारतीय कूटनीति
भारत र रूसबिच ऐतिहासिक रूपमा न्यानो सम्बन्ध भए तापनि भारतले आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमी राष्ट्रहरूसँग घनिष्ठ सुरक्षा साझेदारीलाई पनि बलियो बनाएको छ ।

नयाँदिल्लीले सन् २०२२ मा रूसले गरेको आक्रमणको स्पष्ट निन्दा गरेको छैन भने क्रेमलिनको आलोचना गर्ने संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा अनुपस्थित भएको थियो । तर भारतले दुवै पक्षलाई प्रत्यक्ष वार्ताको माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।

तर शान्ति सम्झौता पहिलेको भन्दा अहिले धेरै टाढा देखिन्छ ।

युक्रेनले सन् २०२२ मा पुटिनसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको थियो भने मस्कोले हालै रूसको पश्चिमी कुस्र्क क्षेत्रमा आश्चर्यजनक रूपमा जवाफी आक्रमणका बीच किएभसँग वार्ता नगर्ने बताएको थियो ।

रूसी नेता भ्लादिमिर पुटिनले यस वर्षको सुरुमा वार्ताको पूर्वशर्तका रूपमा किएभलाई मस्कोले कब्जा गरेको दाबी गरिएका युक्रेनका चार क्षेत्रहरूबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउन माग गर्नुभएको थियो ।

किएभका अनुसार अस्थायी रूपमा लडाइँ रोकिएमा मस्कोले भविष्यमा हुने कुनै पनि आक्रमणका लागि पुनः सङ्गठित हुन र पुनः आक्रमण गर्न समय दिनेछ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu