ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्रीले पोखरा र लुम्बिनीमा हवाई उडानबारे भारतमा विभिन्न देशका नेतासँग छलफल


एबीसी न्यूज
९ भदौ २०८१, आइतबार   १ : १४   बजे

काठमाडौं ९ भदौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विभिन्न देशका मन्त्रीहरू तथा गुजरातका मुख्यमन्त्रीहरूसँग नेपालमा धार्मिक पर्यटक भित्र्याउने तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा हवाई उडान गर्ने विषयमा छलफल गरेका छन्।

भारतको गुजरातमा जारी आठौँ अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलनका क्रममा भएका साइडलाइन बैठकमा उनले यसबारे छलफल गरेका हुन्।

मन्त्री पाण्डे र भारतको गुजरातका मुख्यमन्त्री भूपेन्द्र पट्टेल, भुटानका गृहमन्त्री छिरिङ तथा कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडेसबीच शनिबार भेट भएको थियो।

मुख्यमन्त्री पट्टेलसँगको भेटमा द्विपक्षीय हित र चासोका विषय छलफल भएको थियो। साथै, नेपाल–भारतबीच सदियौं पुरानो धार्मिक, सास्कृतिक एवं ऐतिहासिक सम्बन्धको चर्चा भएको थियो।

भेटका अवसरमा पर्यटनमन्त्री पाण्डेले भारतको सोमनाथधाम र पशुपतिनाथ धामको अन्तरसम्बन्धलाई कसरी जनस्तरसम्म विस्तार गर्न सकिन्छ भन्ने विषयमा चार्चा गरेका थिए।

सो भेटमा मन्त्री पाण्डेले पोखरा र लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय कम्पनीहरूलाई इन्धन लगायतका विभिन्न शुल्कमा छुट सहुलियत दिएको जानकारी गराउँदै गुजरातबाट पोखरामा सिधा हवाई उडान गर्न आग्रह गरेका थिए।

उनले नेपालको पर्यटकीय राजधानी पोखरा हुँदै मुक्तिनाथ दर्शनका लागि जाने धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावनाको बारेमा जानकारी गराएका थिए।

कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडसँगको भेटघाटका क्रममा मन्त्री पाण्डेले भगवान बुद्धको जन्म नेपालमा भएको र बुद्ध धर्मको विस्तार कम्बोडियामा भएको ऐतिहासिक पक्ष उजागर गर्दै कम्बोडिका बौद्ध धर्मावलम्बीहरूलाई बुद्ध जन्मस्थलको भ्रमणमा ल्याउने वातावरण बनाउन आग्रह गरेका थिए।

मन्त्री पाण्डेले कम्बोडियामा ९० प्रतिशत भन्दा बढी बौद्ध धर्मावलम्बीहरू रहेको उल्लेख गर्दै बुद्ध जन्मिएको देश नेपाल र बुद्ध धर्म फस्टाएका देश कम्बोडियाबीच सम्पर्क तथा सम्बन्ध थप विस्तार गर्नु पर्ने कुरामा जोड दिएका थिए।

त्यस्तै, भुटानका गृहमन्त्री छिरिङसँग भुटानको थिम्पुबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका थिए।

 

भेटका क्रममा भुटानी गृहमन्त्रीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भूटानले स्तुपा निर्माण गर्न चाहेको र त्यसका लागि आवश्यक सहयोगका लागि आग्रह गरेका थिए।

यसैबीच मन्त्री पाण्डेसँग भारतको डा। बाबासायब अम्डेकर खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा।डा। अमी उपाध्ययाले शनिवार भेट गरेका थिए।

भेटमा भाषा र संस्कृतिको जगेर्ना गर्न नेपाल र विश्वविद्यालयबीच कसरी सहयोगको आदानप्रदान हुन सक्छ भन्ने विषयमा छलफल भएको थियो।

सोही भेटमा उपकुलपति उपाध्यायले नेपालको नेपाल भाषा, नेवा संस्कृति र पाली भाषाको बारेमा चासो राखेका थिए।

 

भेटमा नेपलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय अन्तर्गत विभिन्न प्रतिष्ठानहरू रहेको र उनीहरूलाई सो विश्वविद्यालयसँग आवद्ध गरी कसरी भाषा संस्कृतिको जगर्ने गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

शुक्रबारबाट सुरु सो सम्मेलनमा विभिन्न १८ देशका मन्त्रीहरू तथा विज्ञहरू गरी करिब तीनसय जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu