काठमाडौं ९ भदौ । बुटवलको डेल्टा मार्ट परिसरमा आइतबार आज देखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ।
मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरू तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरुमाथि हातपात गरेका हुन्।
नेपाली लुगा घरको आयोजनामा दसैँसम्म मेला लाग्ने बताइएको थियो। उक्त मेलालाई रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा मेलास्थल भित्र तोडफोड तथा हातपात भएको हो।
बिहान करिब ९ बजेको समयमा आएका २५÷३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरू तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत व्यक्तिहरुलाई समेत हातपात गरेका थिए।
मेलास्थलमा पुगेका समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए।
प्रतिक्रिया दिनुहोस्