ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रे भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक बन्द


एबीसी न्यूज
१० भदौ २०८१, सोमबार   १ : ०५   बजे

काठमाडौं १० भदौ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्डको सोझो यातायात सेवा बन्द भएको छ । मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीका अनुसार बिहान १० बजेपछि पहिरो जाँदा ठुला ढुङ्गा सडकमा थुप्रिएकाले सोझो यातायात सञ्चालनमा अवरोध भएको हो ।

सोझो यातायात अवरुद्ध हुँदा मुस्ताङबाट म्याग्दीतर्फ आउने र म्याग्दीबाट मुस्ताङतर्फ जाने तिर्थयात्रीहरुलाई समस्या भएको छ । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ मा पर्ने कालीगण्डकी नदिको उद्गमस्थल दोमोदर कुण्ड तथा बारागुङ मुक्तीक्षेत्र गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजा अर्चनाका लागि जाने तिर्थयात्रीहरुलाई समस्या भएको व्यवसायी सुवेदीले बताउनुभयो ।

सडकमा ठुला ढुङ्गाहरु खसेकोले मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास गरिएको बेनी–जोमसोम–कोरला कालिगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । शेरचनका अनुसार पहिरो झरेको ठाउँमा सडक खुलाउनका लागि डोजर सहित पुगेर काम थालिएको र चाँडै खुलाउने प्रयास भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu