ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विरोध गर्न कारण चाहिँदैन, उनीहरु भत्ता पचाइरहेका छन्- प्रधानमन्त्री


एबीसी न्यूज
१० भदौ २०८१, सोमबार   १ : १४   बजे

काठमाडौं १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाएका छन् ।

अहिले नेपाली समाजमा विरोध गर्न, कसैको इज्जतमा धावा बोल्न, अपमानजनक अभद्र शब्दहरु प्रयोग गर्न केही कारण नचाहिने भन्दै ओलीले भने, ‘ती युवाहरु, ती व्यक्तित्वहरु यत्तिकै त्यसो गरिरहेका छैनन् । तिनीहरु पारिश्रमिक पचाइरहेका छन्, भत्ता पचाइरहेका छन् ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै ओलीले यस्तो बताएका हुन् । यत्तिकै चिन्दै नचिनेको मान्छेलाई जथाभावी अपशब्द बोल्ने, अपमान गर्ने कसैले इच्छा राख्नै नसक्ने भन्दै उनले भने, ‘इच्छा जब परनियन्त्रणमा हुन्छ, तब त्यो एकढंगले भन्ने हो भने यसका लागि एउटा बाध्यता बढ्दै जान्छ । त्यही बाध्यता बढ्दै गएर समाजमा उच्छृङ्खलता, फाटो मच्चाउने काम हुन्छ ।’

कोही के नाममा, कोही के नाममा यस्ता शक्तिहरु सल्बलाइरहेका देखेको भन्दै ओलीले भने, ‘कोही मुक्तिका नाममा कोही धर्मका नाममा, अनेक प्रकारका शक्तिहरु समाजमा शान्ति खल्बल्याउन र समाजलाई बिथोल्नका लागि प्रयासरत छन् ।’

 

त्यस्ता शक्तिलाई देशको विकाससँग सरोकार नरहेको भन्दै उनले भने, ‘उनीहरुलाई देशमा शान्ति सुव्यवस्था, अमनचयनसँग सरोकार छैन । उनीहरुलाई अरुका अधिकारमाथि अतिक्रमण गर्नु हुँदैन भन्ने छैन ।’

ओलीले देशलाई अझ बढी अस्थिरता, अन्यौलता र अराजकतातर्फ लिएर जाने प्रयास भइरहेको भन्दै २०७९ फागुनमा गोंगबुमा भएको लुटपाटको घटना समेत स्मरण गरे ।

‘अलिकति मौका मिल्यो भने गोंगबुमा लुटपाट भएको हामीले देख्यौं, ठूलो क्रान्तिकारी देखिनेहरु के गरे भने मोबाइल झोलामा हाल्दै भाग्दै गरे’, ओलीले थपे, ‘ठूलो कुराको गन्तव्य के रहेछ भने मोबाइल खल्तीमा हाल्दै भाग्दै त्यस्ता कुराहरुमा हरदम सतर्क हुनुपर्छ ।’

यस्ता कुरामा ध्यान दिन ओलीले प्रहरी प्रशासनलाई निर्देशन समेत दिए ।

कार्यक्रममा मुख्यसचिव, प्रमुख प्रमुख, निमित्त सेना प्रमुखदेखि उच्च सुरक्षा अधिकृतहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

सम्बन्धित

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

दुई पटकको विश्वविजेता उरुग्वे समूह चरणमै जितविहीन रहँदै विश्वकपबाट बाहिरियो

विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा, ३२ टोलीको नकआउट यात्रा तय

अर्जेन्टिनाको अपराजित यात्रा कायम, जोर्डनलाई ३–१ ले हराउँदै समूह विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu