ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुकुललाई साधारण सदस्यबाट पनि हटाउन अनुशासन आयोगको सिफारिस, केन्द्रीय समितिले निर्णय गर्ने


एबीसी न्यूज
१० भदौ २०८१, सोमबार   २ : २८   बजे

काठमाडौं १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक भोलि सोमबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, चःमतीमा बस्ने बैठकमा पार्टी अनुशासनसम्बन्धी कारबाही, राष्ट्रिय भेलाको तयारी, स्थानीय छायाँ सरकारका कार्यविधी लगायतका विषयमा छालफल हुने पार्टीले जनाएको छ।

अनुशासनात्मक कारबाही सन्दर्भमा सोमबार बस्ने बैठकले निलम्बित महामन्त्री डा। मुकुल ढकालबारे अन्तिम निर्णय लिने सम्भावना रहेको नेताहरूले बताएका छन्।

पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो। पार्टी अनुशासनविपरित गतिविधि गरेको भन्दै महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो।

त्यसपछि पनि उनलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको मौका दिएको थियो। यद्यपि, ढकालले कारबाहीमा परेपछि झनै पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्ने तयारीमा रास्वपा पुगेको हो।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, अनुशासन आयोगले ढकाललाई कारबाही गर्नका लागि आवश्यक प्रमाण पार्टीमा बुझाइसकेको छ।

‘भोलि केन्द्रीय समितिको बैठक छ ८ गते। भोलि बिहान पार्टीको केन्द्रीय समिति बैठक छ। जसमा पार्टी अनुशासनसम्बन्धी पनि छ। अनुशासन आयोगले उहाँलाई कारबाही गर्नुपर्छ भनेर बुझाई र प्रमाण एथेष्ट बुझाइसकेको अवस्था छ,’ झाले भने।

यद्यपि, सोमबारकै बैठकले निर्णय गर्ने वा नगर्ने भन्नेबारे अहिले केही भन्न नसकिने उनको भनाइ छ।

‘यही हुन्छ भनेर मैले भन्न मिल्दैन। म भन्दा धेरै माथि केन्द्रीय समिति हो। केन्द्रीय समितिको छलफल र निर्णय के हुन्छ भन्ने मैले अनुमान गर्नु भनेको त्यसको अपमान हो,’ झाले भने।

अहिलेसम्म अनुशासन आयोगले दिएको सुझाव, प्रतिवेदन र ढकाललाई दिएको समय सकिइसकेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu