ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ ब्राण्ड पहिचानसहित वात्सल्य नेचुरल आईभीएफ नवौं वर्षमा: डा. उपेन्द्र महतोद्वारा ललितपुर क्लिनिक उद्घाटन


एबीसी न्यूज
१० भदौ २०८१, सोमबार   ७ : ३२   बजे

काठमाडौं, १० भदौ ।  नेपालको अग्रणी वात्सल्य नेचुरल आईभीएफ नयाँ ब्राण्ड पहिचानसहित नवौं वर्षमा प्रवेश गरेको छ । सोमबार ८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमाझ वात्सल्यले नयाँ लोगो, नयाँ ब्राण्ड कलर र नयाँ स्लोगनसहितको पहिचान सार्वजनिक गरेको हो । विगत ८ वर्षदेखि ५ हजार जोडीलाई सन्तान प्राप्तिको सुख दिएको वात्सल्यले नयाँ स्लोगन ‘नयाँ आशा, नयाँ जीवन’ राखेको छ । वात्सल्यका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रशान्त सुवेदीले वात्सल्यको उद्देश्य सन्तानको चाहना राख्ने हरेक दम्पत्तिलाई सन्तान सुख दिलाउनु रहेको बताए ।

‘हाम्रो चाहना प्रत्येक इच्छुक परिवारले सन्तान प्राप्तिको सुख अनुभव गर्न पाउन भन्ने हो,’ उनले भने, ‘हाम्रो रिब्राण्डिङ नयाँ पहिचान मात्रै होइन्, यसले हाम्रो प्रगतिशील प्रविधीसँगै जोडीको प्रजनन यात्रामा सहानुभूतिपूर्ण समर्थनप्रति हाम्रो प्रतिवद्धतालाई समेत प्रष्ट पार्छ ।’ नवौं वार्षिकोत्सवका अवसरमा नयाँ लोगो, ब्राण्ड कलर र नयाँ स्लोगनसहित वात्सल्यले ललितपुरको मेडिसिटी अस्पतालमा खुलेको वात्सल्य हेल्थकेयर क्लिनिकको समेत एक समारोहमाझ उद्घाटन गरिएको छ । क्लिनिकको गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष तथा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले उद्घाटन गरेका हुन् ।

रिबन काटेर तथा पानसमा बत्ती बालेर क्लिनिकको उद्घाट्न गरेका डा. महतोले नेपाललाई समृद्ध गर्न नेपाली युवाहरु नै लाग्नुपर्नेमा जोड दिए । नेपालीहरुको मेहनत र इमान्दारिता विदेशमा काम गर्दा मात्रै अनुभव हुने बताउँदैं उनले भगवानले पनि नेपाललाई बढी समय दिएर बनाएको उल्लेख गरे । ‘अध्यात्मक, प्रकृति र सभ्यता नेपालका विशेषता हुन् । हामीले अब आर्थिक विकास र समृद्धिमा बढाउनुपर्छ,’ डा. महतोले भने, ‘नेपालको विकासका लागि मुख्य कुरा जलविद्युत नै हो । त्यसलाई विदेशी बजारमा बेचेर आफ्नै क्षमतामा व्यवसाय गर्नुपर्छ ।’ डा. महतोले विकासका लागि शिक्षा र स्वास्थ्यको विशेष भूमिका हुने बताउँदैं नेपाललाई शिक्षा र स्वास्थ्यका लागि अन्तर्राष्ट्रिय हब बनाउनुपर्नेमा जोड दिए । ‘स्वास्थ्यमा अन्तर्राष्ट्रिय हब बनाउन वात्सल्यको भूमिका पनि रहन्छ,’ उनले भने । निश्चित उमेर पार गरिसकेपछि सन्तान आवश्यक पर्ने उल्लेख गर्दै उनले समयमै सन्तानको योजना बनाउन सुझाए । ‘अहिले विश्वमा प्रजनन दर घटिरहेको छ, हाम्रोमा त्यो नहोस्,’ उनले थपे, ‘हामीमाथि विश्वमा शान्ति कायम गर्ने जिम्मेवारी पनि छ ।

त्यसका लागि पनि हामीलाई सन्तान जरुरी पर्छ । समयमै सन्तानको योजना बनाऔं । सन्तान नभएको अवस्थामा वात्सल्यले सहयोग गर्छ ।’ उनले नेपाल मेडिसिटी अस्पताल र वात्सल्य आईभीएफबीच औपचारिक रुपमा सहकार्य सुरु गरेको पनि घोषणा गरे । वात्सल्यका सिईओ सुवेदीले वात्सल्य हेल्थकेयरले मेडिसिटी परिसरबाट औपचारिक रुपमा सेवा दिन थालेको बताए । ‘मेडिसिटी हस्पिटल परिसरमा वात्सल्यले स्वतन्त्र रुपमा इफर्टिलिटी सेवा प्रदान गर्न सुरु गरेको छ,’ उनले भने, ‘यो सहकार्य हामीले बिरामीको सुरक्षा र ललितपुरका सेवाग्राहीलाई ध्यान दिएर गरेका हौं ।’ वात्सल्य हेल्थकेयरले नेपाल मेडिसिटी अस्पतालसँग सहकार्यमा मेडिसिटी परिसरमा स्वतन्त्र प्रजनन क्लिनिक सुरु गरेको हो । ३ सय स्क्वायर फिट क्षेत्रफलबाट वात्सल्य हेल्थकेयरलेबाट पूर्ण इनफर्टिलिटी सेवा प्रदान गरिरहेको छ । मेडिसिटीको उच्चस्तरको स्त्री तथा प्रसुति रोग विभागको सेवा वात्सल्यका बिरामीले लिन पाउनेछन् । आईभीएफबाट जन्मिने कतिपय बच्चा तथा आमाहरुमा जोखिम बढी हुने, बच्चाहरुलाई एनआईसीयु चाहिने भएकाले वात्सल्यका बिरामीहरुले मेडिसिटीको राम्रो सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu