ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई एमालेको जवाफ– प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई बनाउनुस्, हामीलाई चाहिँदैन


एबीसी न्यूज
११ भदौ २०८१, मंगलबार   ३ : ५८   बजे

काठमाडौं ११ भदौ । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न माओवादी केन्द्रले राखेको प्रस्तावलाई नेकपा एमालेले प्रतिवाद गरेको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिमात्रै नभइ प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न सत्तारुढ दललाई आग्रह गरेका थिए।

‘सुन्नुहोस् कांग्रेस९एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर तपाईंहरू हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न। मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किनरु चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईहरुसँगै राख्नोस्,’ प्रचण्डले बैठकमा भनेका थिए।

प्रचण्डको सम्बोधनपछि विशेष समयमा बोलेका एमाले नेता रघुजी पन्तले भने संविधान पढ्न आग्रह गरे। उनले प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक पद भएकाले कसैले खोजेर नपाइने पद भएको जिकिर गरे।

‘उहाँले लान्छित गरेर सबै तपाईंहरूलाई चाहिएको छ, त्यसो भए प्रमुख प्रतिपक्षको पदपनि लैजानुस्, तपाईंले नै राखे हुन्छ भन्नुभयो। संविधान त पढ्नुस् नेता ज्यू। प्रमुख प्रतिपक्षीको पद तपाईंले खोजेर पाउने पद होइन। हामीले खोजेर पाउने पद होइन। यो एउटा संवैधानिक पद हो। यो तपाईंलाई पनि दिइएको होइन, तपाईंको दललाई दिएको हो,’ पन्तले भने।

त्यसपछि उनी माओवादी केन्द्रमा पछिल्लो समय भइरहेको नेतृत्व परिवर्तनको बसहलाई इंकित गर्दै उपमहासचिव जनार्दन शर्मालाई नै त्यो पद दिन आग्रह गरे।

‘दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो ठूलो दल प्रमुख प्रतिपक्षीमा स्वतः हुने भएपछि त्यो पार्टीलाई दिइएको हो। मन लाग्दैन भने, तपाईंकै छेउमा जनार्दनजी बस्नुभएको छ। दिनुहोस् न उहाँलाई। चाहिएन हामीलाई। किनभने हामीले लिनुपर्ने पद पनि होइन। आफ्नै दलको कुनै नेतालाई दिनुस्,’ पन्तले भने।

उनले प्रधानमन्त्री पद गएपछि प्रचण्डमा छटपटि बढेको टिप्पणी गरे।

‘यति ज्ञान त हुनुप¥यो नि। प्रमुख प्रतिपक्षीको नेता हुने, अनि यो पद पनि लैजाउ भने। किन प्रधानमन्त्री पद गएको यति औडाह र छटपछि यति छिटै देखाउनुपरेको ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu