ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता


एबीसी न्यूज
११ भदौ २०८१, मंगलबार   ४ : ३६   बजे

काठमाडौं ११ भदौ । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् ।

भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए ।

 

घटनालगत्तै वीरेठाँटीस्थित प्रहरी चौकीमा खबर गरिएको वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङले जानकारी दिए । झोलामा उनीहरुको पासपोर्ट पनि भेटिएको थियो । घोरेपानी हिँडेका स्पेनी नागरिक इरिक कासानोभास ९पुरुष० र मोलास जुन्का मेसी ९महिला० भएको पत्ता लागेसँगै उनको थप विवरण र खोजी कार्य थालिएको वडाध्यक्ष गुरुङले बताए ।

‘वीरेठाँटीबाट ट्रेकिङ रुट हुँदै उनीहरु घोरेपानी जान हिँडेको खुल्यो । वीरेठाँटीस्थित एकयाप चेकपोस्टमा उनीहरुले बिहान १० बजेर २१ मिनेट जाँदा नाम दर्ता गराएका रहेछन्,’ वडाध्यक्ष गुरुङले भने, ‘लगातार २ दिनसम्म पनि उनीहरु फेला नपरेपछि मौजा खोलामा सशत्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजि थालेपछि मंगलबार एक जना पुरुषको शव परेको छ ।’

 

प्रशिद्ध पर्यटकीयस्थल घारेपानी जाने ट्रेकमा तिखे ढुंगा खाना खाने स्टेसन मानिन्छ । सो दिनको मौसम गर्मी भएकाले उनीहरु खोलामा पौडी खेल्न गएको हुन सक्ने अनुमान गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

उनीहरुको झोलासहितको सामाग्री फेला गरेको ठाउँभन्दा करिब डेढ किलोमिटर तल शव भटिएको घटनास्थलबाट गाउँपालिका अध्यक्ष विष्णु केसीले जानकारी दिएका छन् । शवलाई पोस्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ भने बेपत्ता महिलाको खोजी कार्य भइरहेको एसपी थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu