काठमाडौं ११ भदौ । नाडा अटो सोमा १९।९६ लाखदेखि १ करोड ६८ लाख रुपैयाँसम्मका गाडी सार्वजनिक भएका छन्।
भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा एक दर्जन नयाँ ब्रान्डसहित थुप्रै नयाँ मोडल प्रदर्शनीमा राखिएको हो।
अटो सोमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडीकै दबदबा छ। विद्युतीय गाडीमा पनि इन्ट्री लेभलका गाडी र मिड रेन्जका गाडीमा ग्राहकको आकर्षण बढी छ।
अटो सोमा पेट्रोल गाडीमा सीजी मोटोकर्पले सिफ्टको नयाँ मोडल र हुन्डाईले क्रेटाको नयाँ मोडल सोकेसमा राखेका छन्।
अटो व्यवसायीहरुले दसैँको रुपमा लिने अटो सोमा २० अर्ब बढीको कारोबार हुने अनुमान छ। अर्थतन्त्रमा आएको संकुचन कस्तो छ भन्ने नाडा अटो सोको बुकिङले इंगित गर्ने व्यवसायीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्