ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रकाश तामाङलाई केही दिनमै नागरिकता दिन प्रधानमन्त्री को निर्देशन


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   १२ : ३०   बजे

काठमाडौं १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयपछि परिवार भेट्न पाएका भोजपुरका प्रकाश तामाङलाई केही दिनभित्रै नागरिकता दिलाउने व्यवस्था मिलाइएको बताएका छन्।

‘हेर्ने कथा’मा प्रकाश सानैमा हराएर ३ दशकभन्दा बढी समयदेखि परिवारसँग बिछोडिएको दुस्खद घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो।

अनुमानित ४० वर्ष पार गरिसकेका प्रकाशको अहिलेसम्म नागरिकतासमेत नरहेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले सुरुमा उनलाई नागरिकता दिलाउने पहल थालेका हुन्।

उनलाई तुरुन्तै नागरिकता दिलाउने प्रक्रिया अघि बढाउन आफूले मंगलबार राति १० बजे गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रकाशलाई नागरिकता दिने व्यवस्था मिलाउन गृहसचिव अर्याललाई निर्देशन दिँदै प्रधानमन्त्री ओली।
प्रकाशलाई नागरिकता दिने व्यवस्था मिलाउन गृहसचिव अर्याललाई निर्देशन दिँदै प्रधानमन्त्री ओली।

‘उहाँले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ’, ओलीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्।

नागरिकता भए मात्र उनको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पहिले नागरिकता बनाइदिन लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ’, ओलीले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu