ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको गगन र विश्वसँग दुई घण्टा लामो छलफल, प्रतिवेदनमाथि सहमति जुटेन


एबीसी न्यूज
१३ भदौ २०८१, बिहिबार   १ : १४   बजे

काठमाडौं १३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडान कायम राखेका छन्।

२०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए।

प्रतिवेदनमा चुनावअघि कुनै दलसँग पनि गठबन्धन नगर्ने र नेताहरूको अवकाश हुने व्यवस्था गर्नुपर्ने बताएका थिए।

उक्त प्रतिवेदनमाथि गत साउन २३ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा थापा र शर्माको प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ।

केन्द्रीय कार्यसमिति बैठक आगामी भदौ १६ गते बस्दैछ। त्यसअघि देउवाले महामन्त्रीद्वयसँग छलफल गरिरहेका छन्।

गत मंगलबार पनि महामन्त्रीद्वयसहित पार्टीका दुई उपसभापतिसँग सभापति देउवाले वार्ता गरेका थिए। यद्यपि, उनीहरू आ–आफ्नो अडान छाड्न तयार भएका थिएनन्।

त्यसपछि आज बिहीबार० पनि सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका थिए। देउवा निवास बूढानीलकण्ठमा भएको छलफल आज पनि निष्कर्षविहीन टुंगिएको छ।

आजको छलफलले पनि प्रतिवेदनको सन्दर्भमा कुनै निष्कर्ष निकालेको स्रोतले बताएको छ।

‘महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्छ भन्ने सभापति कुरा छ,’ स्रोतले भन्यो, ‘सरसल्लाह भइनै रहेको छ।’

सभापति देउवाले महामन्त्रीद्वयसँग बिहीबार बिहान २ घण्टा लामो छलफल गरेका थिए। बिहान ९ बजेदेखि ११ बजेसम्म भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको नेताहरूले बताएका छन्।

सभापति देउवा दुवै महामन्त्रीले गरेका यी प्रस्ताव राख्न नहुने पक्षमा छन्। त्यसलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ।

तर, त्यसमा राखिएका कुरा संशोधन वा परिमार्जन गर्न थापा र शर्मा तयार छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group