ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई ओलीको प्रश्न– मैले खुट्टा कमाउन १७ हजार मान्छे मारेको छु र ?


abc tv
१५ भदौ २०८१, शनिबार   ६ : २८   बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कुनै देशको फोटोकपी नभएको स्पष्ट पारेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश र श्रीलंकाबाट सिक्नका लागि अर्ती उपदेश दिएको प्रसंग झिक्दै ओलीले यस्तो प्रष्टीकरण दिएका हुन्।

शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन समारोहमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूले कुनै गल्ती नगरेको कारण कसैबाट पनि नडराउने दाबी गरे।

‘हिजोतिर हो क्यार प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउनेरु मैले लुटपाट गरेको छ र, खुट्टा कमाउनेरु मैले त डराउनुपर्ने केही छैन,’ प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा भने।

साथै, उनले प्रचण्डलाई जवाफ दिँदै अघि भनेका छन्, ‘श्रीलंका र बंगलादेशबाट सिक भनेर चर्को स्वरमा भन्दै हुनुहुन्छ। म भन्न चाहन्छु– राम्ररी सिक।’

ओलीले नेपालको आफ्नै इतिहास र परम्परा रहेको दाबी गर्दै बंगलादेशमा भएजस्तो नेपालमा केही नहुने दाबी गरे।

‘बेथिति चलाउन सकिँदैन आजको समयमा चलाउन हुँदैन। बंगलादेशमा केही भयो भनेर नेपालमा केही हुन्छ ररु नेपाल कुनै देशको फोटोकपी मेसिन होइन,’ ओलीले अघि भने, ‘यहाँ आफ्नो इतिहास र परम्परा छ। डेमोक्रेसी हामीले लडेर ल्याएका हौँ। संविधानमा हामीले यस्तो लेखेका छौँ भनेर भन्छु, र त्यो हैसियत राख्छु। मैले लेखेको भनेको छैन, हामीले भनेका हौँ।’

आफू ५ हजार फिट माथिबाट हेलिकप्टर दुर्घटना हुँदा पनि बाँचेको सुनाउँदै ओलीले आफूलाई कसैको डरभर समेत नभएको दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group