ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली फर्कियो


एबीसी न्यूज
२० भदौ २०८१, बिहिबार   २ : ०६   बजे

काठमाडौं २० भदौ । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु जीबी राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ ।

एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक एसपी० र एक जना प्रहरी नायब निरीक्षक सई बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद्दा परेपछि फरार रहेका जीबी राई मलेसियामा रहेको थाहा पाएपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर प्रहरीले टोली पठाएको थियो ।

उक्त टोलीले मलेसियामा जीबी राईलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले केही खुलाएको छैन । ‘टोली मलेसिया गएर फर्केको हो, अनुसन्धानकै विषय भएकाले जीबीबारे के भयो भन्ने खुलाउन मिल्दैन’, प्रहरी उच्च स्रोतले भन्यो ।

 

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको पत्रपछि गृहमन्त्री रमेश लेखकको पहलमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर प्रहरी टोली मलेसिया पठाइएको थियो ।

पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि प्रहरी टोली मलेसिया गएको हो ।

यसअघि जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउने प्रहरीको प्रयास असफल भएको थियो । गृह र परराष्ट्र मन्त्रालयको समन्वयमा २०८० फागुन दोस्रो साता कूटनीतिक पत्राचार गर्दै जीबीलाई नेपाल ल्याउन आग्रह गरिएको थियो ।

इन्टरपोललाई पठाइयो थप कागजात

यहीबीचमा नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई जीबी राईसँग सम्बन्धित थप कागजात पठाएको छ ।

जीबीलाई रेड नोटिस जारी गर्न यसअघि अदालती कागजातहरु, पक्राउ पूर्जी, अभियोजको पत्रलगायत कागजातहरु पठाइएको थियो । इन्टरपोलले जीबीबाट पीडितहरुको बयान कागज र साक्षीको बयान कागज माग गरेपछि ती कागजात अनुवाद गरेर पठाएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

‘इन्टरपोलले थप कागजता मगाएपछि हामीले एक साताअघि पीडित र साक्षीका कागजात अनुवाद गरेर पठाएका छौं’, प्रहरी स्रोतले भन्यो

‘मलेसियामा अपार्टमेन्ट किनेर बसेका छन् जीबी’

नेपाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापण्डनमा अपार्टमेन्टमा बसेका छन् । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेको दाबी प्रहरी स्रोतको छ ।

१ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ ।

मलेसिया सरकारको ‘मेक मलेसिया माइ सेकेन्ड होम’ अवधारणा अनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ । सोही अनुसार जीबी मलेसियामा गएर बसेको प्रहरी स्रोतको भनाइ छ ।

मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारी समेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले सम्बन्धित देशमा पठाउन चाहँदैन । जीबी पनि मलेसियाको ‘सेकेन्ड होम भिसा’ अवधारणा अनुसार बसिरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

मलेसियामै रहेको पत्ता लाग्दा पनि जीबी सुरक्षित रहेको यसअघि प्रहरी महानिरीक्षक कुँवर आफैंले बताएका थिए ।

‘जीबीविरुद्ध रेड नोटिस जारी भइसक्यो, तर मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा समस्या भएको छ’, १५ चैत २०८० मा संसद्को राज्यव्यवस्था समिति बैठकमा कुँवरले भनेका थिए ।

स्थलमार्गबाट भारत हुँदै मलेसिया

जीबीविरुद्ध सहकारी विभागमा उजुरी परेपछि डेढ वर्षअघि नै विदेश भाग्न सक्ने भन्दै पासपोर्ट रोक्का गर्न पत्राचारसमेत भएको थियो । उजुरी परेपछि मलेसिया जान भन्दै जीबी पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत पुगेका थिए ।

तर, त्यतिबेला पासपोर्ट रोक्का रहेको भन्दै उनलाई फिर्ता पठाइएको थियो । त्यसपछि उनी स्थलमार्गबाट भारत हुँदै मलेसिया पुगेको प्रहरी स्रोत बताउँछ ।

जीबी समूहले पोखराको सूर्यदर्शनबाट मात्र डेढ अर्ब रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले २०७६ सालपछिको विवरण हेर्दा सूर्यदर्शनमा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ ठगिएको भन्दै १९ जनाविरुद्ध मुद्दा चलाइएको थियो । तर १६ माघमा पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा छापा मारेर चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको विवरण भेटिएको थियो ।

त्यसपछि उक्त सहकारीबाट थप १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ पुगेको थियो । यो मुद्दामा पहिले जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा चलाइएकामा पछि २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हाल ६ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु पक्राउ पर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu