ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइडबडी ग्राउन्डेड हुँदा वायुसेवा निगमको हङकङका ३ वटा उडान रद्द


एबीसी न्यूज
२० भदौ २०८१, बिहिबार   ४ : ०५   बजे

काठमाडौं २० भदौ । नेपाल वायुसेवा निगमका २ वटा वाइडबडी जहाज मर्मतको लागि सी चेक ग्राउन्डेड हुँदा हङकङका ३ उडान रद्द भएका छन्। वायुसेवा निगमले हप्ताको ३ हिन उडान गर्दै आएकोमा २ वटा उडानको लागि मात्रै बुकिङ लिएको हो।

निगमका अनुसार हङकङमा मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका छ। निगमले सेम्टेम्बर १९ र २६ को उडान रद्द भएको जनाएको छ।

त्यसबाहेक काठमाडौँ(दिल्ली(काठमाडौँका २ उडान पनि रद्द भएका छन्। बैङ्लोरका सेप्टेम्बर १२, २१ र २८ तारिखका उडान रद्द भएका छन्। त्यसैगरी, मुम्बाईका सेम्टेम्बर १८ र २५ तारिखका उडान रद्द भएको निगमले जानकारी दिएको छ।

‘२ वटा वाइडबडी सी चेकको लागि ग्राउन्डेड छन्,’ निगमका प्रवक्ता रमेश पौडेल भन्छन्, ‘इटालीबाट एउटा वाइडबडी एक हप्ताभित्रै ल्याउने तयारी छ।’

उनले जहाजको उपलब्धता भएसम्म सबै गन्तव्यमा केही कटौती गरेर उडान गरिरहेको दाबी गरे।

‘अहिले २ वटा न्यारोबडीले जति गन्तव्यमा सकिन्छ उक्त ठाउँमा गरिरहेका छौँ,’ पौडेलले थपे,‘गन्तव्य मिलाएरै उडान गरिरहेका छौँ। अर्को हप्ता वाइडबडी सी चेकबाट आएपछि नियमित उडान गर्न सहज हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu