ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीज पर्व सशक्तीकरणको प्रतीकः अध्यक्ष दाहाल


एबीसी न्यूज
२१ भदौ २०८१, शुक्रबार   १ : ३२   बजे

काठमाडौं २१ भदौ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा हिन्दू धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा दिदीबहिनीहमा सुखशान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “ तीज पर्वले पारिवारिक मिलन, सामाजिक सम्बन्ध विस्तारका साथै महिला सशक्तीकरण, समानता र अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने मैले विश्वास लिएको छु ।” सन्देशमा महिलाको त्याग, समर्पण र इमानदारीको पहिचान झल्काउने तीज पर्व अहिले स्वतन्त्रता, सहअस्तित्व र सशक्तीकरणको प्रतीकका रुपमा मनाउन थालिएको र दिदीबहिनी, साथीसङ्गी जमघट भई नाचगान गर्ने, पारिवारिक मिलनमा सुखदुःख साट्ने र सामाजिक सम्बन्ध विस्तार एवं पुनर्ताजगी गर्ने तीज महिलाको विशेष सांस्कृतिक पर्व भएको उल्लेख छ ।

धार्मिक सांस्कृतिक परम्पराका नाममा महिलामाथि थोपरिएका कतिपय अन्धविश्वास र कुसंस्कार छोडेर यसको मौलिक पहिचानसहित तीज पर्व मनाउनु पर्दछ । तीज पर्वका नाममा भित्रिनसक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिप्रति सचेत रहँदै यसलाई लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रुपमा मनाउन म सबैलाई अनुरोध गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group