ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विशेषको फैसलामा चित्त नबुझेपछि आयोगले गुहार्‍यो सर्वोच्च


एबीसी न्यूज
२१ भदौ २०८१, शुक्रबार   ४ : १३   बजे

काठमाडौं २१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

ईश्वरप्रकाश कलवार र नेत्रबहादुर चौधरीसमेत रहेको गैरनेपाली नागरिकलाई नक्कली जग्गा धनी खडा गरी बिक्री गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

अख्तियारले प्रतिवादीहरू कलवार र चौधरीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ज०, सोही ऐनको दफा १७ र दफा १२ समेतको कसुरमा जनही बिगो रु ५ करोड ५ लाख ४२ हजार कायम गरी सजाय हुन माग दाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

यस्तै, प्रतिवादीहरु टिकाराम ज्ञवाली, बुद्धिसागर तिवारी, खगेन्द्र पराजुली, मनोहरप्रसाद पन्थि, रमेशमान श्रेष्ठ, सुवास खड्का, अमृतकुमार काम्मु मगर, नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार र रविकुमार खत्रीविरुद्ध पनि विभिन्न दफाहरू प्रयोग गरी सोही बमोजिम बिगो कायम गरी असुल उपर गर्न माग गरेको थियो।

साथै, देवेन्द्रसिंह सैथवार, आसकुमार सैथवार, बृजमनि सैथवार, ईन्द्रावती सैथवार, अमनसिंह सैथवार ९नावालक० को हकमा निजको संरक्षक आसकुमार सैथवार, तेजप्रतापसिंह सैथवार ९नावालक० को हकमा निजको संरक्षक आशकुमार सैथवार, रितु कुमारी सैथवार, शिवलाल चमार, परदिप सुनार, तेजश्व सोनकर, पूर्णिमा कुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गर्न मागदावी रहेको थियो।

प्रतिवादी अनुप मेहराले सम्पत्ति लिने खाने किसिमको मतियार भई कसुर गरेको ठहर सहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

विशेष अदालतले गत २०८० पुस ५ को फैसलाबाट सफाई दिएपछि अख्तियारले शुक्रबार ९भदौ २१ गते० सर्वोच्चमा पुनरावेदन गरको हो।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu