ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक आधारमा समाजलाई बिगार्ने अधिकार कसैलाई छैन : नेता भण्डारी


एबीसी न्यूज
२६ भदौ २०८१, बुधबार   १ : ४६   बजे

काठमाडौं २६ भदौ । नेपाली कांग्रेस प्रभावशाली नेता डा। चन्द्र भण्डारीले समाज, संस्कृति र सम्बन्ध राजनीतिक आधारमा बिगार्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ । बुधबार गुल्मीको सदरमुकाम तम्घासमा यहाँका विकास निर्माणको समिक्षा कार्यक्रमको उद्घाटन गर्नहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर(१ बाट निर्वाचित सङ्घीय सांसद तथा संविधान सभा सदस्य समेत रहनुभएका भण्डारीले नेपाली समाज धेरै पहिलेदेखि छुट्टै आफ्नै संस्कृति र संस्कार अनुसार सञ्चालन हुँदै आएकाले यसलाई राजनीतिक रुपमा बिगार्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।

संविधान निमार्णको क्रममा समेत आफुलाई राजनैतिक रुपमा पहाड र तराईलाई छुट्टाउन आफ्नै पार्टीका नेताहरूबाट समेत ठुलो दबाब आएपनि यसलाई छुट्टाउन आफू तयार नभएको स्मरण गर्नुभयो । उहाँले आफू ग्यास दुर्घटनामा परी पुर्नजिवन पाएको भन्दै आफुलाई जनतालाई ढाट्ने, छल्ने र झुट बोल्ने छुट नभएको बताउनुभयो ।

आफू ग्यास दुर्घटनामा पर्दा कोहि, मन्दिर, कोहि, मस्जिद, कोहि चर्चमा गएर आफ्नो जीवन रक्षाका लागि प्राथना गरेको बताउँदै आफुले राजनीति इमानका लागि पनि जनताको आवाज बोल्ने उहाँले बताउनुभयो । पछिल्लो समय नेपालको अर्थतन्त्र अत्यन्त खराब अवस्थामा रहेको भन्दै जिल्लामा परेका योजनाहरुको बजेट फ्रिज जान दिन नहुने बताउनुभयो ।

त्यस अघि डा। भण्डारीलाई समन्वय प्रमुख द्रोण बहादुर खत्री, रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी लगायतका जनप्रतिनिधिहरुले समन्वय समितिको सभाहलमा स्वागत गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका १२ वटै स्थानीयतहका प्रमुख रअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु लगायतको सहभागिता रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सहकारी तथा लघुवित्तपीडितको पाँच दिनदेखि धर्ना, संयुक्त राष्ट्र संघलाई गुहार

पहिरोको जोखिम बढेपछि टोखा–छहरे सडकमा राति सवारी बन्द

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu