ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई रविले भने- हेक्का रहोस्, उपसभामुख हटाउन खोज्नु आत्मघाती गोल हुनेछ


एबीसी न्यूज
२६ भदौ २०८१, बुधबार   २ : ३६   बजे

काठमाडौं २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले बिहीबार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरूको बारेमा वास्तविकता के हो भनी प्रश्न गरेको बताए।

यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरूका लागि आत्मघाती हुने चेतावनीसमेत उनले दिए।

‘कांग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्न सक्ने मतदाताको ३० प्रतिशत मात्रै हो। ७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरूले गर्छन्, यो हेक्का रहोस्। ७० प्रतिशतलाई ३० प्रतिशतले च्यालेन्ज नगरे हुन्छ। उहाँहरूको यो आत्मघाती गोल हुन्छ। आफ्नै पोस्टमा गोल हान्ने विचार गर्नुभएको छ भने मेरो भन्नु के छ ररु,’ उनले भने।

उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर आफूले सचेत गराएको उनको भनाइ छ। लामिछानेले दुई तिहाइको शक्ति भएको सरकारका प्राथमिकता अरू धेरै भएको भन्दै शक्तिको सदुपयोग नगर्न आग्रह गरेको पनि जानकारी दिए।

‘प्रधानमन्त्रीसँग मैले उपसभामुखको विषयमा असाध्यै धेरै समाचारहरू आए। विभिन्न प्रतिक्रियाहरू विभिन्न ठाउँबाट आएका हुनाले त्यसको वास्तविकता के होरु के सोचिरहनुभएको छरु यसको वास्तविकता जान्नु जरुरी थियो। त्यसकारण म उहाँ ९प्रधानमन्त्री० सँग छलफल गर्न गएँ र मैले भने, यदि यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ,’ उनले भने, ‘किनभने, दुई तिहाई सरकारका प्राथमिकताहरू धेरै छन्। दुई तिहाइ भनेको शक्ति हो। तर त्यो शक्तिलाई कहाँ प्रयोग, सदुपयोग गर्ने भन्ने कुरा तपाईंहरूले पक्कै पनि बुझ्नुहुन्छ होला भनेर सौहार्दपूर्ण रूपमा भनेँ। यो गलत हुन्छ। यदि यस्तै हो भने जे सोचिरहनुभएको छ, अत्यन्त गलत हुन्छ र घातक हुन्छ भनेर बताएँ। उहाँले म छलफलमा छु। नेपाली कांग्रेससँग पनि छलफल गर्छु भन्नुभयो।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu