ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविले सहकारीबाट करिब ९५ करोड ठगेका छन्‚ प्रमाण छ- मुकुल ढकाल


एबीसी न्यूज
३० भदौ २०८१, आइतबार   ३ : ०६   बजे

काठमाडौं ३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा. मुकुल ढकालले रवि लामिछानेले विभिन्न सहकारीबाट करिब ९५ करोड रुपैयाँ ठगेको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले नेपालमा स्वेट सेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाएको र सबैले त्यसमा विश्वास गरेको उल्लेख गरेका छन् ।

‘रवि लामिछाने आफैँले स्वेट सेयरको कानुन नेपालमा नभएको भनेर भनेका भिडियो हेर्न सक्नुहुन्छ र कम्पनी रजिस्ट्रारको कार्यालयमा उनले आफूले कुनै स्वेट सेयर सम्झौता नगरी किनेको भनेर उल्लेख गरेको कागजात हेर्न सक्नुहुन्छ‚’ उनले लेखेका छन्‚‘त्यस्तै विभिन्न सहकारीबाट सोही बराबरको रकम उनको नाममा प्रवाह भएको कागजात पनि हेर्न सक्नुहुन्छ । यो त २ करोड ठगीको कुरा भयो, करिब ९५ करोड सहकारीबाट ठगेको अन्य प्रमाण पनि छन् , आजलाई यति नै ।’

उनले रवि लामिछानेले सहकारीबाट एक १।८ करोड ठगेको र त्यो पैसाबाट गोर्खा मिडिया नेटवर्कमा १।८ करोड बराबरको सेयर किनेको पनि दाबी गरेका छन् ।

‘१।८ करोड बराबरको सेयर किनेपछि, सोही अनुरूप कम्पनी रजिस्ट्रारको कार्यालयमा आफूले सेयर किनेको भनेर लिखत जानकारी गराए । तर बाहिर मिडियामा आफूले स्वेट सेयर लिएको र त्यससम्बन्धी कानुन नेपालमा नभएकाले प्रचलित अभ्यास पालना गरेको भनेर झुट बोले‚’ ढकालले लेखेका छन्‚ ‘यदि रवि लामिछानेले वास्तवमा नै स्वेट सेयर लिएको भए, उनको गोर्खा मिडिया नेटवर्कसँग स्वेट सेयरसम्बन्धी ऐनको दफा ३१ को उपदफा २ बमोजिम सम्झौता पत्र हुन्थ्यो र सोही अनुसार कम्पनी रजिस्टारको कार्यालयमा सम्झौता पत्र बुझाइएको हुन्थ्यो । फेरी पनि दोहोर्‍याउँछु, स्वेट सेयर सम्बन्धी सम्झौता नगरी उनले कम्पनी रजिस्टारको कार्यालयमा आफूले सेयर किनेको भनेर कागजात पेस गरेका छन् ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu