ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभा बैठक ३ः१५ बजेसम्मका लागि स्थगित


एबीसी न्यूज
३० भदौ २०८१, आइतबार   ३ : २१   बजे

काठमाडौं ३० भदौ । सूचना टाँस गर्दै प्रतिनिधि सभा बैठक ३ः१५ बजे बस्नेसम्मका स्थगित गरिएको छ ।  संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठक आइतबार ३ः१५ बजे बस्नेसम्मका लागि स्थगित गरिएको जानकारी दिए । यसअघि बैठक आइतबार दिउँसो १ः०० बजेका लागि बोलाइएको थियो ।

जनयुद्धलाई सभामुख देवराज घिमिरेले ‘हिंसा’ भनेर स्थापित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ । बिहीबारको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै हिंसा असंसदीय शब्द नभएको र रेकर्डबाट नहटाउने बताएका थिए ।

त्यसमा माओवादी केन्द्रले आपत्ति जनाउँदै सभामुखको निर्णय स्वीकार नगर्ने भन्दै सदन अवरोध गरेको थियो । सोही विषयमा सहमति जुटाउन आइतबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर‚ बैठकमा सहमति जुट्न सकेन । माओवादीले सदन अवरोध जारी रहने बताइसकेको छ ।

त्यसकारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक हालसम्म सञ्चालन हुन सकेन । प्रतिनिधि सभा बैठक सञ्चालन नियमावली अनुसार निर्धारित समयभन्दा २ घण्टासम्म बैठक बस्न नसके सूचना टाँस गरेर स्थगन गर्नुपर्ने हुन्छ ।

‘१५ मिनेट भनेको २ घण्टा सम्मलाई समय रह्यो । अब ५ः१५ मा बैठक बसेपनि हुन्छ । एकछिनका लागि निकास निकालिएको हो‚’ एक सचिवालय सदस्यले भने ।

भदौ १२ को प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि सदनमा विवादको वातावरण सिर्जना भएको हो । यो विषयमा एमाले९माओवादी सांसद आम्नेसाम्ने भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu