ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार सबै राजनीतिक पार्टीसँग सहकार्य गर्न चाहन्छ : मन्त्री पाण्डे


एबीसी न्यूज
१ आश्विन २०८१, मंगलबार   ५ : ०१   बजे

काठमाडौं १ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन्।

नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरूले मिलेर काम गर्नुपर्ने जिकिर गरे।

मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरूले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन्।

‘नेपाली कांग्रेस पार्टी र नेकपा एमाले० एक ठाउँमा उभिनुको पछाडि यो स्वभाविकता र सहजता छैन। किन छैन भने दुई वटा पार्टी मूल प्रतिस्पर्धी पार्टीहरू हुन्। तर हामीले देशको जुन अफ्ठ्यारो देख्यौँ। देशको जुन खालको जटिलता देख्यौँ,’ मन्त्री पाण्डेले भने, ‘देशमा आएका समस्याहरूको उचाई देख्यौँ। समस्याहरूको आकार देख्यौँ। हामी एक ठाउँमा उभिन तयार भयौँ। एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौं।’

सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताए।

सबै दलहरूले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाइ थियो।

‘केवल दुई पार्टीको मनोमानी र सिन्डीकेट कायम गर्ने होइन यसमा माओवादी जोडन चाहन्छौँ, समाजवादी जोड्न चाहन्छौँ। लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौँ। त्यो दिशामा तत्काल क्षेत्रका व्यक्तिहरूले पनि यतिखेर प्रतिद्धन्दीताको समय होइन,’ उनले भने, ‘यतिखेर एकले अर्कालाई खुट्टा तान्ने समय होइन। यतिखेर सहकार्य गर्ने समय हो। होष्टेमा हैँसे गर्ने समय हो। हामी सबै मिलेर पहिले देश बचाऔं।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group