ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा राष्ट्रिय भेला : रविको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने


एबीसी न्यूज
२ आश्विन २०८१, बुधबार   १ : ५४   बजे

काठमाडौं २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा धारणा राख्न नपाउने भएका छन् ।

हिजोदेखि सुरु भएको राष्ट्रिय भेला आज साँझ सकिँदैछ । भेला समापन अघि सभापति लामिछानेको प्रतिवेदन पेश हुने कार्यतालिका बनाइएको छ । सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेश गर्ने समय अपरान्ह ४:३० बजेका लागि तय गरिएको छ ।

राजनीतिक प्रस्ताव पेश, अनुमोदन, केही अभियानको घोषणा, महाधिवेशनको मिति र स्थान घोषणा ४:३० बजेबाट सुरु भई एक घण्टामा सकिने गरी कार्यतालिका बनाइएको छ ।

राजनीतिक प्रतिवेदन पेश लगत्तै भेलाको समापन गरिने भएकाले सहभागीहरुले प्रतिवेदन माथि सुझाव समेत दिन नपाउने भएका छन् । सभापति लामिछाने बाहेक अन्यले पेश गरेका प्रतिवेदनमा भने सहभागी प्रश्न राख्ने पाउने व्यवस्था गरिएको छ ।

‘कार्यतालिकामा सभापतिको प्रतिवेदनमा बोल्न समय नपाउने गरी बनाइएको छ। तर, सहभागीहरूले छलफल गर्न दिनुपर्ने कुरा उठेको छ। के हुन्छ । हामीलाई जानकारी दिईएको छैन।’ एक प्रतिनिधिले अनलाइनखबरसँग भने।

भेलामा सात प्रदेशका प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग प्रतिवेदन माथि सामूहिक छलफलको कार्यतालिका बुधबार विहान ७ देखि ११ बजेसम्मका लागि तोकिएको थियो । दस्तावेजमा आधारित प्रश्नोत्तर ११स्४५ देखि २स्४५ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

सभापति बाहेक अन्यले पेश गरेका प्रतिवेदनको आवश्यक संशोधनको समय ३स्१५ देखि ४:३० बजेसम्मका लागि समय छुट्याइएको छ । त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन पेश हुने र अनुमोदन गर्ने कार्यतालिका बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu