ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधन गरी अघि बढ्नुपर्छ : मुख्यमन्त्री सिंह


एबीसी न्यूज
३ आश्विन २०८१, बिहिबार   १ : ०९   बजे

काठमाडौं ३ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान जारी भएपश्चात् भएका उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवसको अवसरमा बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विरोध र समर्थनका बिचमा जारी भएको संविधानमा यदि केही त्रुटि छ भने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने उहाँको तर्क छ ।

संविधानमा आवश्यकता ठानेर नै देशमा दुई ठुला दल एक ठाउँमा आएको भन्नुहुँदै संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी त्रुटिका विषय वस्तुलाई पहिचान गरेर संशोधन गरी अघि बढ्न सकिने उहाँले बताउनुभयो । उहाँले सङ्घीयता विभिन्न खालको आन्दोलनबाट प्राप्त भएकाले यो कसैले भन्दैमा समाप्त नहुने दाबी गर्नुभयो । उहाँले सङ्घीयता आएको सात वर्ष मात्रै भएको र प्रदेशले अधिकारहरू प्राप्त गरिरहेकाले हतार गर्न नहुने धारणा राख्नुभयो ।

 

मुख्यमन्त्री सिंहले देशमा सङ्घीयता आएपछि विभिन्न खालका उपलब्धि र विकास भएको भन्दै संविधानको मूल मन्त्रलाई पालना गरी अघि बढेमा देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभयो । उहाँले प्रदेशमा आफ्नो प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनौती रहेको भन्नुहुँदै शिक्षामा सुधारका लागि शिक्षक भर्नाको अधिकार प्रदेशलाई दिनुपर्ने तर्क गर्नुभयो ।

यसैगरी, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधान संशोधनको नाममा प्रतिगमनको उन्मुख भयो भने वर्तमान संविधान नै समाप्त हुने खतरा समेत रहेको भन्नुहुँदै संविधानलाई सही ढङ्गले परिमार्जन गरी देशलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले कर्मचारी र विद्यार्थीमा सीमित भएको संविधान दिवसलाई जनमानसमा उत्सवको रूपमा लैजानुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘देशमा धेरै विचारहरू रहेको छ । त्यो सबै विचारको साझा विचार संविधान हो । आजको दिन कालो दिवस मनाउनु मूर्खता हो ।’’

सभामुख मण्डलले वर्तमान संविधानमा गरिब धनी सबैले आफ्नो भविष्य देख्छ भन्दै संविधान जीवन दर्शन रहेको बताउनुभयो । उहाँले वर्तमान संविधान विश्वकै उत्कृष्ट संविधान रहेको भन्दै यति राम्रो संविधानलाई प्रयोग गर्न सकेनौ भने परिणाम राम्रो नहुने भन्दै यसका लागि प्रयोगकर्ता इमान्दार भइदिनुपर्ने बताउनुभयो ।

त्यस्तै, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधान तह सङ्घीयता आए पश्चात् गाउँ गाउँमा विकास भएको भन्दै प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले संविधानले नै संशोधनको बाटो खोलेका कारण संविधानभित्रमा रहेका त्रुटिहरूलाई पहिचान गरी संशोधन गर्न सकिने भएकाले संविधानको विरोध गर्नु उचित नभएको बताउनुभयो । कार्यक्रममा संविधानको विकास क्रम र सङ्घीयताको अवस्था सन्दर्भमा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतोले आफ्नो प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा कलाकारहरूले देशभक्तिका गीतहरूमा नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, चारवटै सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार नागरिक समाजका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम अगावै जनकपुरधामको रमानन्द चौकबाट बिहान ७ बजे प्रभावत फेरी निकालिएको थियो । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu